विराटनगर । कोशी प्रदेशसभाको चालु संसद अधिवेशन अन्त्य गरिएको छ । चालु पाँचौं एवं बजेट अधिवेशन शुक्रबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरिएको हो ।
प्रदेशको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गरेको थियो । सरकारको सिफारिसका आधारमा खापुङले संसद अधिवेशन अन्त्य गरेका हुन् ।
पाँचौं अधिवेशनमा २१ वटा संसद बैठक बसेको छ । २१ औं बैठकमा सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयले पठाएको अधिवेशन अन्त्यको सूचना पढेर सुनाएका छन् ।
प्रदेशसभाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको पाँचौं एवं बजेट अधिवेशन गत वैशाख ३१ गतदेखि सुरु भएको थियो । अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएका थिए ।
कार्कीले अधिवेशन अन्त्य हुनुभन्दा २ दिनअघिको बैठकमा पनि पुनः विश्वासको मत लिएका छन् । अधिवेशनबाट प्रदेश निजामति ऐन संशोधन विधेयक, केही प्रदेश ऐन संशोधनलाई जगाउने विधेयक, कृषि अनुदान सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक संशोधन विधेयकलगायतका ऐन पारित भएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)