कोशीको अधिवेशन अन्त्य

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशसभाको चालु संसद अधिवेशन अन्त्य गरिएको छ । चालु पाँचौं एवं बजेट अधिवेशन शुक्रबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरिएको हो ।

प्रदेशको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गरेको थियो । सरकारको सिफारिसका आधारमा खापुङले संसद अधिवेशन अन्त्य गरेका हुन् ।

पाँचौं अधिवेशनमा २१ वटा संसद बैठक बसेको छ । २१ औं बैठकमा सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयले पठाएको अधिवेशन अन्त्यको सूचना पढेर सुनाएका छन् ।

प्रदेशसभाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको पाँचौं एवं बजेट अधिवेशन गत वैशाख ३१ गतदेखि सुरु भएको थियो । अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएका थिए ।

कार्कीले अधिवेशन अन्त्य हुनुभन्दा २ दिनअघिको बैठकमा पनि पुनः विश्वासको मत लिएका छन् । अधिवेशनबाट प्रदेश निजामति ऐन संशोधन विधेयक, केही प्रदेश ऐन संशोधनलाई जगाउने विधेयक, कृषि अनुदान सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक संशोधन विधेयकलगायतका ऐन पारित भएको छ ।

प्रकाशित मिति: शनिबार, ०५ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.