कोशी प्रदेशले बिर्सियो शिक्षा दिवस 

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले शिक्षा दिवसलाई  बेवास्ता गरेको पाइएको छ ।  असोज २ गतेलाई  शिक्षा दिवसको रुपमा मनाउने चलन छ । तर  बुधबार प्रदेश सरकारले राष्ट्रिय शिक्षा दिवसमा कुनै कार्यक्रम गरेन ।

शिक्षा दिवसको दिन प्रदेश सरकारका मन्त्री भने प्रदेशसभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे विश्वासको मत लिने बैठकमा सहभागी थिए ।

शिक्षा हेर्ने जिम्मेवारी पाएको सामाजिक विकास मन्त्रालय पनि कुनै कार्यक्रम नभएको जनाएको छ । सामाजिक विकास मन्त्रालयको शैक्षिक योजना तथा अनुसन्धान शाखा प्रमुख यादवप्रसाद दुलालका अनुसार बुधबार शिक्षा दिवसमा प्रदेश सरकारले कुनै कार्यक्रम आयोजना गरेन । शिक्षा दिवस भन्दा केही दिनअघि जिल्ला शिक्षा समन्वय इकाई र विराटनगर महानगरपालिकालाई छलफलमा बोलाएर  विद्यालय तहमा आफै कार्यक्रम गर्न आग्रह गरेको उनले बताए ।

सामाजिक विकास मन्त्री पाँचकर्ण राई बुधबार शिक्षासँग सम्बन्धित कुनै कार्यक्रममा गएनन् । उनी मुख्यमन्त्रीको विश्वासको मत लिनका लागि बोलाएको प्रदेशसभा बैठकमा सहभागी भएको उनका स्वकीय सचिव कमल पुरीले जानकारी दिए ।

प्रदेश सरकारले कुनै कार्यक्रम आयोजना नगरेपछि मुख्यमन्त्री कार्की पनि विश्वासको मत लिएपछि नेपाल नेत्र ज्योति संघले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइटेलले शिक्षा सम्बन्धी कुनै कार्यक्रममा मुख्यमन्त्री सहभागी नभएको जानकारी दिए ।

शिक्षा क्षेत्रको अपमान भयो  ः पुरी 

कोशी प्रदेश सरकारले शिक्षा क्षेत्रलाई अपमान गरेको निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी बताउँछन् । संघीय सरकारले राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेपनि कोशी प्रदेशले शिक्षा दिवस नमनाउनु दुर्भाग्यपूर्ण रहेको उनको भनाई छ । उनी भन्छन्,‘प्रदेश सरकारले शिक्षा दिवसलाई वास्ता नगर्नु कोशी प्रदेशका शिक्षण संस्था र शिक्षा क्षेत्रमाथिको अपमान हो ।’

नेपालमा शिक्षा दिवस मनाउने मिति परिवर्तन भइरहदा  प्रभावकारी कार्यक्रम हुन नसकेको  सामाजिक विकास मन्त्रालयको शैक्षिक योजना तथा अनुसन्धान शाखा प्रमुख दुलालले बताए । उनका अनुसार यसअघि तत्कालीन मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा एक पटक ‍(२०७६) सालमा शिक्षा दिवस मनाइएको थियो ।

सरकारले २०३१ सालदेखि १२ फागुनमा राष्ट्रिय शिक्षा दिवस मनाउन सुरु गरेको थियो । २०६२–६३ जनआन्दोलन पछि १२ फागुनमा शिक्षा दिवस मनाइएन । २०६४ सालमा तत्कालीन सरकारले राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस एकै दिन मनाउने निर्णय गरेको थियो । सोही अनुसार २०६४ सालदेखि २०७६ सालसम्म ८ सेप्टेम्बरको दिन राष्ट्रिय शिक्षा दिवस मनाइयो । तर २०७७ सालमा  सरकालरे ८ सेप्टेम्बरमा हुँदै आएको शिक्षा दिवस स्थगित गर्याे । नयाँ मिति तय नहुँदा २०७७, ०७८ र ०७९ मा शिक्षा दिवस मनाइएकाे थिएन । गत वर्षबाट अनिवार्य निशुल्क शिक्षा ऐन–०७५ जारी भएको दिन  २ असोजलाई राष्ट्रिय शिक्षा दिवसको रुपमा मनाउने निर्णय भएकाे थियाे ।

प्रकाशित मिति: शुक्रबार, ०४ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.