संविधान जारी भएको ९ वर्ष पूरा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपालको संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । संविधान जारी भएको दिनको सम्झनामा आज विभिन्न स्थानमा कार्यक्रम गरिदैछ । २०७२ साल भदौ ३ गते संविधान जारी भएको थियो ।

पछिल्लो समय सुशासन र राजनीतिक स्थिरताका कांग्रेस र एमालेले संविधान संशोधन एजेन्डा अघि सारेका छन् । संविधान र संघीयता कार्यान्वयनका संशोधन गर्ने उनीहरुको भनाइ छ । संविधान र संघीयता कार्यान्वयनका लागि अझै करिब ३८ वटा महत्त्वपूर्ण कानुन बनाउन बाँकी छ । कानुन नबन्दा संविधानले तोकेको अधिकार प्रयोग गर्दा प्रदेश र स्थानीय तहका सरकारले उपभोग गर्न पाएका छैनन ।

२०७२ सालकाे संविधान नेपालमा जारी भएकाे साताैं संविधान हाे । नेपालमा पहिलो पटक २००४ सालमा संविधान लेखिएको थियो । तर यो संविधान जारी भएन । त्यसअघि प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायतबाट फर्केपछि देशमा पहिलो पटक विंक्रम सम्वद १९१० मा मुलुकी ऐन जारी गरेका थिए ।

नेपाली कांग्रेसको २००७ सालको क्रान्ति पछि प्रजातन्त्र घोषणा भयो । त्यसपछि २००८ सालमा अन्तरिम संविधान लागु भयो । त्यसको आठ वर्षपछि २०१५ सालमा नेपाल अधिराज्यको संविधान जारी भयो । त्यसपछि २०१९ सालमा नेपालको अर्को संविधान जारी भयो । २०४६ सालको जनआन्दोलनपछि नेपाल अधिराज्यको संविधान २०४७ जारी भयो । यही संविधान कार्यान्वयनका क्रममा माओवादीको सशस्त्र सङ्घर्ष भयो । त्यसपछि २०६२–६३ को जनआन्दोलनपछि नेपालको अन्तरिम संविधान २०६३ जारी भयो ।

अन्तरिम संविधानबमोजिम ६०१ सदस्यीय संविधान सभा सदस्यको निर्वाचन भयो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि दोस्रो संविधानसभाले २०७२ असोज ३ मा गणतान्त्रिक नेपालको संविधान जारी गरेको थियो ।

नेपालको संविधान २०७२ को प्रस्तावनामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौँ भनी लेखिएको छ । २०६३ सालको अन्तरिम संविधान भन्दा अघिको संविधानमा संविधनको संरक्षक राजा रहने प्रावधन थियो ।

प्रकाशित मिति: बिहिबार, ०३ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.