संविधान जारी भएको ९ वर्ष पूरा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपालको संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । संविधान जारी भएको दिनको सम्झनामा आज विभिन्न स्थानमा कार्यक्रम गरिदैछ । २०७२ साल भदौ ३ गते संविधान जारी भएको थियो ।

पछिल्लो समय सुशासन र राजनीतिक स्थिरताका कांग्रेस र एमालेले संविधान संशोधन एजेन्डा अघि सारेका छन् । संविधान र संघीयता कार्यान्वयनका संशोधन गर्ने उनीहरुको भनाइ छ । संविधान र संघीयता कार्यान्वयनका लागि अझै करिब ३८ वटा महत्त्वपूर्ण कानुन बनाउन बाँकी छ । कानुन नबन्दा संविधानले तोकेको अधिकार प्रयोग गर्दा प्रदेश र स्थानीय तहका सरकारले उपभोग गर्न पाएका छैनन ।

२०७२ सालकाे संविधान नेपालमा जारी भएकाे साताैं संविधान हाे । नेपालमा पहिलो पटक २००४ सालमा संविधान लेखिएको थियो । तर यो संविधान जारी भएन । त्यसअघि प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायतबाट फर्केपछि देशमा पहिलो पटक विंक्रम सम्वद १९१० मा मुलुकी ऐन जारी गरेका थिए ।

नेपाली कांग्रेसको २००७ सालको क्रान्ति पछि प्रजातन्त्र घोषणा भयो । त्यसपछि २००८ सालमा अन्तरिम संविधान लागु भयो । त्यसको आठ वर्षपछि २०१५ सालमा नेपाल अधिराज्यको संविधान जारी भयो । त्यसपछि २०१९ सालमा नेपालको अर्को संविधान जारी भयो । २०४६ सालको जनआन्दोलनपछि नेपाल अधिराज्यको संविधान २०४७ जारी भयो । यही संविधान कार्यान्वयनका क्रममा माओवादीको सशस्त्र सङ्घर्ष भयो । त्यसपछि २०६२–६३ को जनआन्दोलनपछि नेपालको अन्तरिम संविधान २०६३ जारी भयो ।

अन्तरिम संविधानबमोजिम ६०१ सदस्यीय संविधान सभा सदस्यको निर्वाचन भयो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि दोस्रो संविधानसभाले २०७२ असोज ३ मा गणतान्त्रिक नेपालको संविधान जारी गरेको थियो ।

नेपालको संविधान २०७२ को प्रस्तावनामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौँ भनी लेखिएको छ । २०६३ सालको अन्तरिम संविधान भन्दा अघिको संविधानमा संविधनको संरक्षक राजा रहने प्रावधन थियो ।

प्रकाशित मिति: बिहिबार, ०३ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.