विराटनगरको कपडा पसलमा आगलागी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरको एउटा कपडा पसलमा बुधबार बिहान आगलागी भएको छ । आगलागीमा पसलकाे सामान जल्दा करिब एक करोड बराबरको क्षति भएको  प्रहरीले जनाएकाे छ ।

विराटनगर महानगरपालिका–७ जैन भवननजिक दीपक कायस्थको घरको भुइँ तलामा रहेको कपडा पसलमा बिहान ४ः३० बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कायस्थको घरको सटर भाडामा लिएर विराटनगर–६ का सन्तोष रौनियाले कपडा पसल चलाउँदै आएका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आगलागीको कारण खुलेको छैन । उनले घटनाको अनुसन्धान भइरहेको बताए । विराटनगर महानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा प्रहरीले करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । आगोले पसलमा रहेका सबै कपडा जलेर नष्ट भएको छ । आगलागीमा अन्दाजी १ करोड बराबरको क्षति भएको डीएसपी बस्नेतले बताए ।

प्रकाशित मिति: बुधबार, ०२ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.