विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासकाे मत पाएका छन् । बुधबार प्रदेश प्रदेशसभा बैठकमा मतविभाजन कार्कीले विश्वासकाे मत पाएका हुन् ।
मुख्यमन्त्रीले विश्वासकाे मत मागेपछि मत विभाजन हुँदा कार्कीको पक्षमा ६६ मत खसेको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कांग्रेस एमालेले समर्थन गरेपछि कार्कीले ६६ मत प्राप्त गरेका हुन् ।
बुधबार मत विभाजनका लागि बालाइएको बैठकमा ८३ सांसद उपस्थीत भएका थिए । जसमा कार्कीको पक्षमा ६६ मत खस्यो, विपक्षमा १५ मत खसेको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए । दुई सांसद मत विभाजन प्रक्रियामा सहभागी भएनन् ।
गत २७ बैशाखमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले ३१ बैशाखमा विश्वासको मत लिएका थिए । तर सरकारलाई समर्थन गरेको माओवादी केन्द्रले ११ साउनमा सरकार छाडेर १४ भदौंमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत परीक्षण गरेका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिन भित्र विश्वासकाे मत परीक्षण गर्नु पर्ने प्रावधान भएकाले उनले विश्वासकाे मत लिएका हुन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,670)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)