सरकारलाई विश्वासको मत दिन सक्दैनौः माओवादी केन्द्र

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेपछि माओवादी केन्द्रले विश्वासको मत नदिने बताएको हो ।

‘ सरकार जनताद्वारा  बनेको होइन केन्द्रको पनि प्रदेशको पनि,’ माओवादी संसद गणेश उप्रेतीले भने ,‘ भ्रष्टद्धारा निर्मित सरकारलाई विश्वास दिन सकिदैन, त्यस कारण हाम्रो दलबाट  सरकारलाई विश्वास रहदैन, विश्वास छैन ।’

माओवादी केन्द्रले सुरु गरेको जनयुद्धलाई हिंसा देख्ने दलले विश्वासको मत माग्नु हास्यास्पद भएको बताए ।

‘सुशासनका लागि बनेको भए हामी पनि सहयात्री हुनस्क्थ्यौं,’ उनले भने,‘ शरणार्थी प्रकरणको छानविन गर्ने प्रहरीलाई रातारात हटाइए, राष्ट्रिय रुपमबाट स्थापीत भ्रष्टाचारका फाइल गायब भइरहेका छन्, सरकारले आफ्नो गती देखाउन थालिसकेको छ ।’

सरकारले जनताको सेवा नगर्ने बताउँदै उनले सरकारलाई समर्थन नगर्ने बताए । ‘जतिसक्दो छिटो सरकारको विघटन र सरकारको अन्त्य र समाप्तिबाट मात्रै नै सुशासनको अघि बढ्न सक्छ,’ उनले भने,‘…यो सरकारलाई हाम्रो समर्थन रहदैन ।’

प्रकाशित मिति: बुधबार, ०२ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.