विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई विश्वासको मत नदिने बताएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेपछि माओवादी केन्द्रले विश्वासको मत नदिने बताएको हो ।
‘ सरकार जनताद्वारा बनेको होइन केन्द्रको पनि प्रदेशको पनि,’ माओवादी संसद गणेश उप्रेतीले भने ,‘ भ्रष्टद्धारा निर्मित सरकारलाई विश्वास दिन सकिदैन, त्यस कारण हाम्रो दलबाट सरकारलाई विश्वास रहदैन, विश्वास छैन ।’
माओवादी केन्द्रले सुरु गरेको जनयुद्धलाई हिंसा देख्ने दलले विश्वासको मत माग्नु हास्यास्पद भएको बताए ।
‘सुशासनका लागि बनेको भए हामी पनि सहयात्री हुनस्क्थ्यौं,’ उनले भने,‘ शरणार्थी प्रकरणको छानविन गर्ने प्रहरीलाई रातारात हटाइए, राष्ट्रिय रुपमबाट स्थापीत भ्रष्टाचारका फाइल गायब भइरहेका छन्, सरकारले आफ्नो गती देखाउन थालिसकेको छ ।’
सरकारले जनताको सेवा नगर्ने बताउँदै उनले सरकारलाई समर्थन नगर्ने बताए । ‘जतिसक्दो छिटो सरकारको विघटन र सरकारको अन्त्य र समाप्तिबाट मात्रै नै सुशासनको अघि बढ्न सक्छ,’ उनले भने,‘…यो सरकारलाई हाम्रो समर्थन रहदैन ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,445)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,375)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,357)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)