विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मितकुमार कार्कीले विश्वासको मत मागेका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन् ।
विश्वासको मत माग्ने क्रममा आफ्नो नेतृत्वमा सरकारले प्रदेशमा आश देखाउने काम गरेको उनले बताए । उनले वित्तीय संस्थामा देखिएको समस्या सामधान गर्ने बताए ।
‘वित्तीय संस्थाहरू मुलतः सहकारी र लघुवित्तमा उत्पन्न समस्या समाधान गर्न नेपाल सरकार, नेपाल राष्ट्र बैंक र सरोकारवालासँगको सहकार्यमा तमाम सहकारी र लघुवित्त पीडितहरुलाई न्याय र सहकारी र लघुवित्तहरुलाई पनि संरक्षण गर्नुपर्ने छ,’ उनले भने,‘ सहकारी सम्बन्धी समस्याको समाधानका लागि आवश्यक पर्ने नीतिगत तथा कार्यगत व्यवस्थाका लागि सहकारी ऐनमा समयानुकुल संसोधन आवश्यक देखिन्छ ।’
संघीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधार गरी सङ्घीयता कार्यान्वयनका समस्या समाधान गर्ने उनले बताए । सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न, सुशासन प्रवर्द्धन गर्न, व्यवसायिक वातावरण निर्माणमा असहज र असान्दर्भिक नीति तथा कानुनमा परिमार्जन गर्दै जाने उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,224)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)