वित्तीय संस्थाको समस्या सामधान गर्ने बताउँदै मुख्यमन्त्रीले मागे विश्वासको मत

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मितकुमार कार्कीले विश्वासको मत मागेका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन् ।

विश्वासको मत माग्ने क्रममा आफ्नो नेतृत्वमा सरकारले प्रदेशमा आश देखाउने काम गरेको उनले बताए । उनले वित्तीय संस्थामा देखिएको समस्या सामधान गर्ने बताए ।

‘वित्तीय संस्थाहरू मुलतः सहकारी र लघुवित्तमा उत्पन्न समस्या समाधान गर्न नेपाल सरकार, नेपाल राष्ट्र बैंक र सरोकारवालासँगको सहकार्यमा तमाम सहकारी र लघुवित्त पीडितहरुलाई न्याय र सहकारी र लघुवित्तहरुलाई पनि संरक्षण गर्नुपर्ने छ,’ उनले भने,‘ सहकारी सम्बन्धी समस्याको समाधानका लागि आवश्यक पर्ने नीतिगत तथा कार्यगत व्यवस्थाका लागि सहकारी ऐनमा समयानुकुल संसोधन आवश्यक देखिन्छ ।’

संघीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधार गरी सङ्घीयता कार्यान्वयनका समस्या समाधान गर्ने उनले बताए । सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न, सुशासन प्रवर्द्धन गर्न, व्यवसायिक वातावरण निर्माणमा असहज र असान्दर्भिक नीति तथा कानुनमा परिमार्जन गर्दै जाने उनले बताए ।

प्रकाशित मिति: बुधबार, ०२ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.