विराटनगर । शनिबार काठमाडाैंमा सम्पन्न पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताकाे विजेता प्रकाश राईको निधन भएको छ। उनी मोरङको पथरी शनिश्चरे नगरपालिका– १ का बासिन्दा हुन् ।
शनिबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा भएको प्रतियोगितामा उनी विजेता बनेका थिए । बुधबार बिहान उनको निधन भएको प्रहरीले जनाएको छ।
मिस्टर काठमाडौँमा उनी फोनिक्स फिटशालाबाट सहभागी भएका थिए । प्रतियोगिताका लागि पुगेका उनी टोखा नगरपालिका– ६ स्थित ग्रिनल्यान्ड होटलमा बसेका थिए ।
बुधबार बिहान एक्कासी लडेपछि उनलाई उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो । उपचारको क्रममा पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,224)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)