मिस्टर काठमाडौं जितेको तीन दिनपछि प्रकाश राईको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । शनिबार काठमाडाैंमा सम्पन्न पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताकाे विजेता प्रकाश राईको निधन भएको छ। उनी मोरङको पथरी शनिश्चरे नगरपालिका– १ का बासिन्दा हुन् ।

शनिबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा भएको प्रतियोगितामा उनी विजेता बनेका थिए । बुधबार बिहान उनको निधन भएको प्रहरीले जनाएको छ।

मिस्टर काठमाडौँमा उनी फोनिक्स फिटशालाबाट सहभागी भएका थिए । प्रतियोगिताका लागि पुगेका उनी टोखा नगरपालिका– ६ स्थित ग्रिनल्यान्ड होटलमा बसेका थिए ।

बुधबार बिहान एक्कासी लडेपछि उनलाई उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो । उपचारको क्रममा पौने ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, ०२ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.