विराटनगर । आइसिसी विश्वकप लिग– २ का लागि क्यानडा भ्रमणमा रहेको नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ७ः४५ बजे खेल सुरू हुनेछ।
क्यानडा भ्रमणमा नेपालको यो दोस्रो खेल हो, पहिलो खेलमा मंगलबार घरेलु टोली क्यानडासँग १०३ रनको फराकिलो रनले पराजित भएको थियो ।
विश्वकप लिग – २ मा नेपालले खेलेको पाँच खेलमध्ये नेपालले एउटा मात्रै जित निकालेको छ । गत फेब्रुअरीमा घरेलु मैदानमा नामबिया र नेदरल्यान्ड्सबिरुद्धको चार खेल मध्ये नेपाल तीन खेलमा पराजित भएको थियो ।
नेपाल ओमानको चिर परिचित प्रतिद्वन्द्वी हो। ओमानसँग पछिल्लो पाँच भेटमा नेपालले तीन खेल जित्दा २ खेल हारेको थियो ।
नेपालले सिरिजको तेस्रो खेल असोज ६ गते पुनः क्यानडासँग र असोज ८ गते पुनः ओमानसँग खेल्नेछ।
एकदिसवीय सिरिजपछि असोज १२ गते क्यानडामै नेपालले त्रिकोणात्मक टी– २० सिरिज खेल्नेछ।
त्रिकोणात्मक टी– २० सिरिज खेलेपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ । अमेरिकामा नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ ।
अमेरिका भ्रमणमा पनि नेपालले लिग– २ को त्रिकोणात्मक सिरिज र टी– २० त्रिकोणात्मक सिरिज गरी दुई सिरिज खेल्नेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,437)
जीवन विकासले बोलायो साधारणसभा (2,408)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,368)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,350)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,155)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)