विश्वकप लिग–२ मा ओमनसँग खेल्दै नेपाल

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आइसिसी विश्वकप लिग– २ का लागि क्यानडा भ्रमणमा रहेको नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ७ः४५ बजे खेल सुरू हुनेछ।

क्यानडा भ्रमणमा नेपालको यो दोस्रो खेल हो, पहिलो खेलमा मंगलबार घरेलु टोली क्यानडासँग १०३ रनको फराकिलो रनले पराजित भएको थियो ।

विश्वकप लिग – २ मा नेपालले खेलेको पाँच खेलमध्ये नेपालले एउटा मात्रै जित निकालेको छ । गत फेब्रुअरीमा घरेलु मैदानमा नामबिया र नेदरल्यान्ड्सबिरुद्धको चार खेल मध्ये नेपाल तीन खेलमा पराजित भएको थियो ।

नेपाल ओमानको चिर परिचित प्रतिद्वन्द्वी हो। ओमानसँग पछिल्लो पाँच भेटमा नेपालले तीन खेल जित्दा २ खेल हारेको थियो ।

नेपालले सिरिजको तेस्रो खेल असोज ६ गते पुनः क्यानडासँग र असोज ८ गते पुनः ओमानसँग खेल्नेछ।

एकदिसवीय सिरिजपछि असोज १२ गते क्यानडामै नेपालले त्रिकोणात्मक टी– २० सिरिज खेल्नेछ।

त्रिकोणात्मक टी– २० सिरिज खेलेपछि नेपाली टोली अमेरिका भ्रमणमा जानेछ । अमेरिकामा नेपाल, अमेरिका र स्कटल्यान्डबीच खेल हुनेछ ।

अमेरिका भ्रमणमा पनि नेपालले लिग– २ को त्रिकोणात्मक सिरिज र टी– २० त्रिकोणात्मक सिरिज गरी दुई सिरिज खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, ०२ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.