मुख्यमन्त्रीले आज विश्वासको मत लिने, पक्षमा दुई तिहाइ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज दोस्रो पटक विश्वासको मत लिदैछन् । नेकपा माओवादी केन्द्रले भदौ १४ मा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको तेस्रो कार्यकालमा दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

माओवादी समर्थनमा बैशाख २७ गते तेस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले बैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

गत असार १७ मा एमाले कांग्रेस गठबन्धन बनेपछि साउन ११ मा माओवादी सरकार छाडेर प्रतिपक्षमा बसेको थियो । भदौ १४ मा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण उनले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभामा कार्कीको पक्षमा दुई तिहाइ बहुमत छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीको दलसँग ४० सांसद छन् । सत्ता घटक कांग्रेसका २९ सांसद छन् । प्रदेशमा बहुमतका लागि ४७ जना आवश्यक पर्छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा १३ सांसद रहेको माओवादी केन्द्र , ६ सांसद रहेको राप्रपाका, ४ सांसद रहेको नेकपा एकीकृत समाजवादीका ४ र एक सांसद रहेको जसपा प्रतिपक्षमा छन् ।

 

प्रकाशित मिति: बुधबार, ०२ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.