मुख्यमन्त्रीले आज विश्वासको मत लिने, पक्षमा दुई तिहाइ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज दोस्रो पटक विश्वासको मत लिदैछन् । नेकपा माओवादी केन्द्रले भदौ १४ मा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीको तेस्रो कार्यकालमा दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

माओवादी समर्थनमा बैशाख २७ गते तेस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले बैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

गत असार १७ मा एमाले कांग्रेस गठबन्धन बनेपछि साउन ११ मा माओवादी सरकार छाडेर प्रतिपक्षमा बसेको थियो । भदौ १४ मा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले विश्वासको मत लिन लागेका हुन् ।

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण उनले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभामा कार्कीको पक्षमा दुई तिहाइ बहुमत छ ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीको दलसँग ४० सांसद छन् । सत्ता घटक कांग्रेसका २९ सांसद छन् । प्रदेशमा बहुमतका लागि ४७ जना आवश्यक पर्छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा १३ सांसद रहेको माओवादी केन्द्र , ६ सांसद रहेको राप्रपाका, ४ सांसद रहेको नेकपा एकीकृत समाजवादीका ४ र एक सांसद रहेको जसपा प्रतिपक्षमा छन् ।

 

प्रकाशित मिति: बुधबार, ०२ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.