विराटनगरमा भैँसीसँग ठोक्किए चार गाडी, पाँच जना घाइते 

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा भैँसीसँग चार वटा सवारी ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । ठक्करबाट भैँसी मरेको छ ।

विराटनगर महानगरपालिका –१४ मलाया रोडमा मङ्गलबार बेलुका भैँसीसँग दुई वटा मोटरसाइकल, एउटा जिप र एउटा कार ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ । 

सडक पार गर्दै गरेको छाडा भैँसीसँग सुरुमा जिप ठोक्किएको थियो । जिपसँग ठोक्किएर भैँसी लडेको थियो । लडेको भैँसीमा कार र दुई वटा मोटरसाइकल पनि ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार को २५ प ६३८७ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । को ११ प २९०९ मोटरसाइकलमा सवार एक जना र बा २९ च २६१८ नम्बरको कारमा सवार दुई जना घाइते भएका छन् ।  घाइते सबैलाई न्युरो अस्पताल विराटनगरमा भर्ना गरिएको छ ।

प्रकाशित मिति: मङ्गलबार, ०१ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.