विराटनगरमा भैँसीसँग ठोक्किए चार गाडी, पाँच जना घाइते 

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा भैँसीसँग चार वटा सवारी ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । ठक्करबाट भैँसी मरेको छ ।

विराटनगर महानगरपालिका –१४ मलाया रोडमा मङ्गलबार बेलुका भैँसीसँग दुई वटा मोटरसाइकल, एउटा जिप र एउटा कार ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ । 

सडक पार गर्दै गरेको छाडा भैँसीसँग सुरुमा जिप ठोक्किएको थियो । जिपसँग ठोक्किएर भैँसी लडेको थियो । लडेको भैँसीमा कार र दुई वटा मोटरसाइकल पनि ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार को २५ प ६३८७ नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । को ११ प २९०९ मोटरसाइकलमा सवार एक जना र बा २९ च २६१८ नम्बरको कारमा सवार दुई जना घाइते भएका छन् ।  घाइते सबैलाई न्युरो अस्पताल विराटनगरमा भर्ना गरिएको छ ।

प्रकाशित मिति: मङ्गलबार, ०१ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.