फाइल फाेटाे विराटनगर । विषालु सर्पले डसेर मोरङको जहदा गाउँपालिका–२ भीमपुर बेरियामा नाबालिकाको मृत्यु भएको छ ।
मंगलबार बिहान सर्पले टोकेर स्थानीय बिजु मुर्मूकी ८ वर्षीया छोरी चाँद मुर्मूको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनका अनुसार सुतिरहेकी नाबालिका पिसाब गर्न भनेर बिहानका राति २ बजेतिर अभिभावकसँगै घरबाट बाहिर निस्किएकी थिइन् ।
पिसाब गर्दैगर्दा घरको आँगनमै नाबालिकालाई सर्पले टोकेको थियो । सर्पले डसेर गम्भीर घाइते भएकी नाबालिकालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,447)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,375)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)