सर्पले डसेर जहदामा एक नाबालिकाको मृत्यु

Satya Sanchar सत्य सञ्चार
फाइल फाेटाे

विराटनगर । विषालु सर्पले डसेर मोरङको जहदा गाउँपालिका–२ भीमपुर बेरियामा नाबालिकाको मृत्यु भएको छ ।

मंगलबार बिहान सर्पले टोकेर स्थानीय बिजु मुर्मूकी ८ वर्षीया छोरी चाँद मुर्मूको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार सुतिरहेकी नाबालिका पिसाब गर्न भनेर बिहानका राति २ बजेतिर अभिभावकसँगै घरबाट बाहिर निस्किएकी थिइन् ।

पिसाब गर्दैगर्दा घरको आँगनमै नाबालिकालाई सर्पले टोकेको थियो । सर्पले डसेर गम्भीर घाइते भएकी नाबालिकालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

प्रकाशित मिति: मङ्गलबार, ०१ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.