विराटनगरमा स्कोरपिओबाट १ सय ४६ किलो गाँजा बरामद, दुई जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रहरीले विराटनगरमा स्कोरपिओ गाडीबाट १ सय ४६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । भारतको जोगवनीतिर जाँदै गरेको को २ च ७५९ नम्बरको स्कोरपिओबाट सोमबार राति गाँजा बरामद गरेको हो ।

स्कोरपिओमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको संयुक्त टोली खटिएको थियो ।

विराटनगर महानगरपालिका–१७ मण्टापोखरीबाट स्कोरपिओलाई प्रहरीले राति ८ः४५ बजेतिर नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी  दिए ।

६ वटा बोराभित्र प्याक गरेर गाडीको पछाडिको साइडमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको उनको भनाइ छ । प्रहरीलाई देखेपछि स्कोरपिओ तीव्र गतिमा भागेको थियो । नियन्त्रणमा लिने क्रममा स्कोरपिओले प्रहरीलाई ठक्कर दिएको छ ।

डीएसपी बस्नेतका अनुसार स्कोरपिओको ठक्करबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरमा कार्यरत प्रहरी हवल्दार कैलाश खत्री सामान्य घाइते भएका छन् । स्कोरपिओभित्र गाँजा फेला परेपछि सुनसरीको धरान घर भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गाडी चालक धरान उपमहानगरपालिका–४ १७ का ४५ वर्षीय सुक्षिम राई र स्कोरपिओमा सवार धरान–११ का ४६ वर्षीय देवराज राईलाई पक्राउ गरिएको बस्नेतले बताए । उनका अनुसार नियन्त्रणमा लिएको स्कोरपिओ र बरामद भएको गाँजासहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

प्रहरीले सोमबार बिहान पनि विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलोग्राम गाँजासहित बा ८ च ७८८० नम्बरको कारलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले चालक विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार विराटनगर–१३ का २२ वर्षीय राजेश परियारलाई पनि पक्राउ गरेको थियो ।

प्रकाशित मिति: मङ्गलबार, ०१ असोज, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.