विराटनगर । प्रहरीले विराटनगरमा स्कोरपिओ गाडीबाट १ सय ४६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । भारतको जोगवनीतिर जाँदै गरेको को २ च ७५९ नम्बरको स्कोरपिओबाट सोमबार राति गाँजा बरामद गरेको हो ।
स्कोरपिओमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको संयुक्त टोली खटिएको थियो ।
विराटनगर महानगरपालिका–१७ मण्टापोखरीबाट स्कोरपिओलाई प्रहरीले राति ८ः४५ बजेतिर नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
६ वटा बोराभित्र प्याक गरेर गाडीको पछाडिको साइडमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको उनको भनाइ छ । प्रहरीलाई देखेपछि स्कोरपिओ तीव्र गतिमा भागेको थियो । नियन्त्रणमा लिने क्रममा स्कोरपिओले प्रहरीलाई ठक्कर दिएको छ ।
डीएसपी बस्नेतका अनुसार स्कोरपिओको ठक्करबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरमा कार्यरत प्रहरी हवल्दार कैलाश खत्री सामान्य घाइते भएका छन् । स्कोरपिओभित्र गाँजा फेला परेपछि सुनसरीको धरान घर भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गाडी चालक धरान उपमहानगरपालिका–४ १७ का ४५ वर्षीय सुक्षिम राई र स्कोरपिओमा सवार धरान–११ का ४६ वर्षीय देवराज राईलाई पक्राउ गरिएको बस्नेतले बताए । उनका अनुसार नियन्त्रणमा लिएको स्कोरपिओ र बरामद भएको गाँजासहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
प्रहरीले सोमबार बिहान पनि विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलोग्राम गाँजासहित बा ८ च ७८८० नम्बरको कारलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले चालक विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार विराटनगर–१३ का २२ वर्षीय राजेश परियारलाई पनि पक्राउ गरेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,445)
जीवन विकासले बोलायो साधारणसभा (2,413)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,375)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,357)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)