मुख्यमन्त्री हिक्मत कार्की विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २ गते पुन विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्रले भदौ १४ मा समर्थन फिर्ता लिएपछि कार्कीले तेस्रो पटक मुख्यमन्त्री भएपछि दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
माओवादी समर्थनमा बैशाख २७ गते मुख्यमन्त्री बनेका कार्कीले पहिलो पटक बैशाख ३१ गते विश्वासको मत लिएका थिए । गत असार १७ मा एमाले–कांग्रेस गठबन्धन बनेपछि साउन ११ मा माओवादी सरकार छाडेर प्रतिपक्षमा बसेकाे थियाे । भदौ १४ मा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले विश्वासकाेे मत लिन लागेका हुन् ।
सरकारलाई समर्थन गरेकाे दलले समर्थन फिर्ता लिएकाे ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण उनले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभामा कार्कीको पक्षमा दुई तिहाइ बहुमत छ ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीको दलसँग ४० सांसद छन् । सत्ता घटक कांग्रेसका २९ सांसद छन् । प्रदेशमा बहुमतका लागि ४७ जना आवश्यक पर्छ ।
९३ सदस्यीय कोशी प्रदेशसभामा १३ सांसद रहेको माओवादी केन्द्र , ६ सांसद रहेको राप्रपाका, ४ सांसद रहेको नेकपा एकीकृत समाजवादीका ४ र एक सांसद रहेको जसपा प्रतिपक्षमा छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)