विराटनगर । कोशी प्रदेशमा डेङ्गुको संक्रमण बढ्दै गएको छ । साउनयता १ हजार १ सय ७३ जनामा डेङ्गुको संक्रमण देखिएको छ । संख्या निरन्तर बढ्दो छ ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार झापा, मोरङ र सुनसरीमा डेङ्गु संक्रमण बढी देखिएको छ ।
सबैभन्दा बढी मोरङमा ५ सय ३३ जनामा डेङ्गु देखिएको छ । सुनसरीमा १ सय ५५ र झापामा १ सय २८ जना डेङ्गु संक्रमित भेटिएका छन् ।
पहाडी जिल्लाहरू संखुवासभा, धनकुटा, भोजपुर, उदयपुर, पाँचथरलगायतका जिल्लाहरूमा पनि डेङ्गुको संक्रमण देखिएको छ ।
गत वर्ष कोशी प्रदेशमा ३८ हजार ३ सय ८४ मानिसहरू डेङ्गुबाट संक्रमित भएका थिए ।
स्वास्थ निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले डेङ्गु संक्रमणलाई नियन्त्रण गर्न प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)