विराटनगरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा आइतबार राति भारतीय ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१४ हनुमान मन्दिरनजिक कोशी राजमार्गस्थित सडकको साइडमा पार्किङ गरेर राखिएको यूपी ३ टी २८९१ नम्बरको ट्रकमा विराटनगरबाट रानीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ८०८५ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । राति १०ः३० बजेतिर दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार विराटनगर–१० का २५ वर्षीय कृष्ण मण्डलको मृत्यु भएको मोरङ ट्रफिक प्रमुख इन्सपेक्टर राजन लम्सालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेर कृष्णसहित मोटरसाइकल चालक विराटनगर–१५ का १८ वर्षीय राजीव मण्डल गम्भीर घाइते भएका थिए । घाइतेमध्ये कृष्णको उपचारका क्रममा विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा सोमबार बिहानका राति १ बजेतिर मृत्यु भएको लम्सालले बताए । उनका अनुसार गम्भीर अवस्थाका राजीवको उपचार जारी छ ।

दुर्घटनापछि फरार बनेका ट्रक चालक भारतको उत्तर प्रदेश मोहनगन्जका २८ वर्षीय मक्सुद आलमलाई खोजी गरेर नियन्त्रणमा लिँदै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति: सोमबार, ३१ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.