विराटनगर । विराटनगरमा आइतबार राति भारतीय ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१४ हनुमान मन्दिरनजिक कोशी राजमार्गस्थित सडकको साइडमा पार्किङ गरेर राखिएको यूपी ३ टी २८९१ नम्बरको ट्रकमा विराटनगरबाट रानीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ८०८५ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । राति १०ः३० बजेतिर दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार विराटनगर–१० का २५ वर्षीय कृष्ण मण्डलको मृत्यु भएको मोरङ ट्रफिक प्रमुख इन्सपेक्टर राजन लम्सालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर कृष्णसहित मोटरसाइकल चालक विराटनगर–१५ का १८ वर्षीय राजीव मण्डल गम्भीर घाइते भएका थिए । घाइतेमध्ये कृष्णको उपचारका क्रममा विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा सोमबार बिहानका राति १ बजेतिर मृत्यु भएको लम्सालले बताए । उनका अनुसार गम्भीर अवस्थाका राजीवको उपचार जारी छ ।
दुर्घटनापछि फरार बनेका ट्रक चालक भारतको उत्तर प्रदेश मोहनगन्जका २८ वर्षीय मक्सुद आलमलाई खोजी गरेर नियन्त्रणमा लिँदै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)