रङ्गेलीमा कांग्रेसको आन्दोलन फिर्ता

Satya Sanchar सत्य सञ्चार

विराटनगर । रङ्गेली नगरपालिकाको निर्णय विरुद्ध नेपाली काङ्ग्रेसले सुरु गरेको आन्दोलन फिर्ता भएको छ । पालिकाले वृद्धि गरेको कर घटाउने सहमति भएपछि कांग्रेसले गरेको आन्दोलन फिर्ता लिएको हो ।

नेपाली कांग्रेसका जिल्ला सचिव मोदराज घिमिरेले पालिकाले कर वृद्धिको निर्णय फिर्ता लिएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी दिए । ‘हामीले उठाएको एजेण्डा अनुसार माग सम्बोधन गर्न पालिका तयार भएपछि आन्दोलन फिर्ता भयो’, उनले भने ।

पालिकाले मालपोत कर प्रतिकट्ठा २० रुपैयाँबाट बढाएर ३४ रुपैयाँ बनाएको थियो । अब कांग्रेसको माग बमोजिम २६ रुपैया कायम हुने भएको छ । त्यस्तै फुसको घरको यसअघि १०० रुपैयाँ कर निर्धारण गरिएको थियो, अब कर नलगाउने सहमति भएको घिमिरेले बताए । सिफारिस दस्तुर ५०० रुपैयाँमा झारिएको उनले बताए ।

काङ्ग्रेस, नेकपा एमाले जिल्ला तहका पदाधिकारी र पालिका प्रमुख र उपप्रमुखसहितको छलफलपछि पालिका कर घटाउन सहमत भएको थियो । दुई दलबीच भएको सहमति अनुसार वृद्धि भएको घर अब घट्ने घिमिरेले बताए ।

प्रकाशित मिति: आइतबार, ३० भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.