रङ्गेलीमा कांग्रेसको आन्दोलन फिर्ता

Satya Sanchar सत्य सञ्चार

विराटनगर । रङ्गेली नगरपालिकाको निर्णय विरुद्ध नेपाली काङ्ग्रेसले सुरु गरेको आन्दोलन फिर्ता भएको छ । पालिकाले वृद्धि गरेको कर घटाउने सहमति भएपछि कांग्रेसले गरेको आन्दोलन फिर्ता लिएको हो ।

नेपाली कांग्रेसका जिल्ला सचिव मोदराज घिमिरेले पालिकाले कर वृद्धिको निर्णय फिर्ता लिएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएको जानकारी दिए । ‘हामीले उठाएको एजेण्डा अनुसार माग सम्बोधन गर्न पालिका तयार भएपछि आन्दोलन फिर्ता भयो’, उनले भने ।

पालिकाले मालपोत कर प्रतिकट्ठा २० रुपैयाँबाट बढाएर ३४ रुपैयाँ बनाएको थियो । अब कांग्रेसको माग बमोजिम २६ रुपैया कायम हुने भएको छ । त्यस्तै फुसको घरको यसअघि १०० रुपैयाँ कर निर्धारण गरिएको थियो, अब कर नलगाउने सहमति भएको घिमिरेले बताए । सिफारिस दस्तुर ५०० रुपैयाँमा झारिएको उनले बताए ।

काङ्ग्रेस, नेकपा एमाले जिल्ला तहका पदाधिकारी र पालिका प्रमुख र उपप्रमुखसहितको छलफलपछि पालिका कर घटाउन सहमत भएको थियो । दुई दलबीच भएको सहमति अनुसार वृद्धि भएको घर अब घट्ने घिमिरेले बताए ।

प्रकाशित मिति: आइतबार, ३० भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.