विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको कृषि एक्स्पोमा एक लाख सहभागी भएका छन् । विराटनगर पहिलो पटक २७ भदौदेखि सञ्चालन भएको एक्स्पोमा १३० वटा स्टल थिए । तीन दिनसम्म आयोजना गरिएको एक्स्पोमा एक लाख सहभागी भएको नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।
उनका अनुसार एक्स्पोमा एक्स्पो कोशी र मधेश प्रदेशका कृषक, कृषि कलेज, विभिन्न स्कूल तथा कलेजका विद्यार्थी, कृषकलगायत सहभागी भएका थिए ।
कृषि ज्ञान केन्द्र, स्थानीय तह तथा उद्योग वाणिज्य संघहरुबाट सिफारिशमा मात्रै आठ सय जना कृषक सहभागी भएको उनले बताए । जिल्ला बाहिरबाट आएका कृषक तथा विद्यार्थीलाई निशुल्क खानबस्नको व्यवस्था मिलाइएको थियो ।
एक्स्पोमा कृषि बजार प्रणाली र मूल्य श्रृंखला, कस्टम हायरिङको प्रयोग, पशुपंक्षी कृषि विज्ञानका विषयमा प्रस्तुति करण भएको थियो । उनका अनुसार विज्ञहरु बीच प्यानल छलफल पनि भएको थियो ।
भारतीय विज्ञ डा. कन्चन भौमिक, कृसेन्दु सिन्हा र डा. सुभाषिश बलले कृषिमा एजोला तथा ब्लुग्रीन एल्गीको उत्पादन र प्रयोग एंव जैविक मल तथा विषादी बनाउने र यसको प्रयोग विधिका विषयमा कृषकहरुलाई जानकारी गराइएको उनले बताए ।
एक्स्पोमा कृषि मेशिनरी, कषि उपज, भेटनरीलगायत साना किसानहरुका उत्पादनदेखि हिमाली र पहाडी जिल्लाका उत्पादन राखिएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,442)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)