एक लाखले अवलाेकन गरे कृषि एक्स्पो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको कृषि एक्स्पोमा एक लाख सहभागी भएका छन् । विराटनगर पहिलो पटक २७ भदौदेखि सञ्चालन भएको एक्स्पोमा १३० वटा स्टल थिए । तीन दिनसम्म आयोजना गरिएको एक्स्पोमा एक लाख सहभागी भएको नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।

उनका अनुसार एक्स्पोमा एक्स्पो कोशी र मधेश प्रदेशका कृषक, कृषि कलेज, विभिन्न स्कूल तथा कलेजका विद्यार्थी, कृषकलगायत सहभागी भएका थिए ।

कृषि ज्ञान केन्द्र, स्थानीय तह तथा उद्योग वाणिज्य संघहरुबाट सिफारिशमा मात्रै आठ सय जना कृषक सहभागी भएको उनले बताए । जिल्ला बाहिरबाट आएका कृषक तथा विद्यार्थीलाई निशुल्क खानबस्नको व्यवस्था मिलाइएको थियो ।

एक्स्पोमा कृषि बजार प्रणाली र मूल्य श्रृंखला, कस्टम हायरिङको प्रयोग, पशुपंक्षी कृषि विज्ञानका विषयमा प्रस्तुति करण भएको थियो । उनका अनुसार विज्ञहरु बीच प्यानल छलफल पनि भएको थियो ।

भारतीय विज्ञ डा. कन्चन भौमिक, कृसेन्दु सिन्हा र डा. सुभाषिश बलले कृषिमा एजोला तथा ब्लुग्रीन एल्गीको उत्पादन र प्रयोग एंव जैविक मल तथा विषादी बनाउने र यसको प्रयोग विधिका विषयमा कृषकहरुलाई जानकारी गराइएको उनले बताए ।

एक्स्पोमा कृषि मेशिनरी, कषि उपज, भेटनरीलगायत साना किसानहरुका उत्पादनदेखि हिमाली र पहाडी जिल्लाका उत्पादन राखिएको थियो ।

प्रकाशित मिति: आइतबार, ३० भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.