कर्मचारीले मागे सुरक्षा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङका कर्मचारीले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसँग सुरक्षाको माग गरेका छन् कार्यस्थलमा काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीले आइतबार प्रजिअ भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै सुरक्षा माग गरेका हुन् ।

पेसागत महासंघ मोरङका अध्यक्ष प्रकाश शर्मा र सचिव सालीग्राम कोइरालाको हस्ताक्षर रहेको ज्ञापन पत्रमा केही दिनअघि मोरङको रंगेलीमा कर्मचारीमाथि आक्रमण गर्नेलाई कारबाहीको मागसमेत गरिएको छ ।

रंगेली नगरपालिकाले भूमि तथा मालपोत कर वृद्धि गरेको विरोधमा नेपाली कांग्रेसको अगुवाइमा आन्दोलन भइरहेको छ । गत शुक्रबार आन्दोलनकारीले नगरपालिकाका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए ।

त्यस क्रममा कर्मचारीमाथि कुटपिट, दुर्व्यवहार र हातपातसमेत भएको थियो । सहायक पाँचौं सुधीर चौधरीलाई सेवा प्रवाहका लागि कार्यालय प्रवेश गर्ने क्रममा केही व्यक्तिहरुले गुन्डागर्दी शैलीमा आक्रमण र कुटपिट गरेको ज्ञापन पत्रमा उल्लेख छ । घटनाप्रति ध्यानआकर्षण भएको भन्दै महासंघले विरोध जनाएको हो ।

‘स्थानीय तहले गरेका निर्णयहरू कार्यान्वयन गर्नु गराउनु राष्ट्रसेवक कर्मचारीहरूको कर्तव्य हुने र राजनैतिक समस्याको समाधान राजनीतिक रूपमै गर्नुपर्नेमा कार्यालय प्रवेश गर्दै गरेका राष्ट्रसेवक कर्मचारीमाथि अमर्यादित तथा गुन्डागर्दी शैलीमा कुटपिट गर्नु दुःखद् एवं खेदजनक छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘इमान्दार र कर्तव्यनिष्ट कर्मचारीलाई जिम्मेवार दलका कार्यकर्ता तथा दलको संलग्नता देखिने गरी घटाइएको घटना आफैंमा निन्दनीय र अशोभनीय छ ।’

यस्ता घटनाले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल कमजोर भइ सेवा प्रवाहमा गम्भीर असर पर्ने ठहर गर्दै महासंघले पेसाकर्मीको कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सुरक्षा निकायलगायतका सरोकारवालासँग माग गरेको छ । रंगेलीमा भएको घटनामा संलग्नलाई तत्काल नियन्त्रणमा लिएर कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गरिएको अध्यक्ष शर्माले बताए ।

प्रकाशित मिति: आइतबार, ३० भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.