काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने भएका छन् । भारतको सर्वोच्च अदालतको शुक्रबारको आदेशले तिहाड जेलबाट छुटेका थिए । लगतै केजरीवालले पदबाट राजीनामा दिने बताएका हुन् ।
मुख्यमन्त्री केजरीवालले आमआदमी पार्टीको केन्द्रीय कार्यालयमा नेताहरूलाई सम्बोधन गर्दै राजीनामा गर्ने घोषणा गरेको भारतीय पत्रिका टाइम्स अफ इन्डियाले जनाएको छ।
उनले आफूले अग्निपरीक्षा गर्न चाहेको बताउँदै राजीनामा दिन लागेको बताए ।
‘म मुख्यमन्त्री पदबाट दुई दिनपछि राजीनामा दिँदैछु। जनताले आफ्नो निर्णय नसुनाउँदासम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्दिनँ,’ उनले भने, ‘म हरेक घर र हरेक सडकमा जान्छु र जनताको निर्णय नआउँदासम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्दिनँ।’
जेलमा हुँदा राजीनामा नदिएकोबारे पनि उनले प्रष्टीकरण दिएका छन् । उनले लोकतन्त्रको सम्मान गर्ने भएकाले राजीनामा नदिएको बताए । ‘म लोकतन्त्रको सम्मान गर्छु त्यसैले मैले राजीनामा दिइनँ। मेरो लागि संविधान नै सर्वोच्च हो,’ उनले भने।
दिल्लीको मदिरासम्बन्धी नीतिमा घोटाला गरेको भन्दै सिबिआईको हिरासतमा रहेका केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सिबिआईले उनलाई जुन २६ मा पक्राउ गरेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,355)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,159)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)