अरविन्द केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिने

Satya Sanchar सत्य सञ्चार

काठमाडौँ । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिने भएका छन् । भारतको सर्वोच्च अदालतको शुक्रबारको आदेशले तिहाड जेलबाट छुटेका थिए । लगतै केजरीवालले पदबाट राजीनामा दिने बताएका हुन् ।

मुख्यमन्त्री केजरीवालले आमआदमी पार्टीको केन्द्रीय कार्यालयमा नेताहरूलाई सम्बोधन गर्दै राजीनामा गर्ने घोषणा गरेको भारतीय पत्रिका टाइम्स अफ इन्डियाले जनाएको छ।

उनले आफूले अग्निपरीक्षा गर्न चाहेको बताउँदै राजीनामा दिन लागेको बताए ।

‘म मुख्यमन्त्री पदबाट दुई दिनपछि राजीनामा दिँदैछु। जनताले आफ्नो निर्णय नसुनाउँदासम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्दिनँ,’ उनले भने, ‘म हरेक घर र हरेक सडकमा जान्छु र जनताको निर्णय नआउँदासम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्दिनँ।’

जेलमा हुँदा राजीनामा नदिएकोबारे पनि उनले प्रष्टीकरण दिएका छन् । उनले लोकतन्त्रको सम्मान गर्ने भएकाले राजीनामा नदिएको बताए । ‘म लोकतन्त्रको सम्मान गर्छु त्यसैले मैले राजीनामा दिइनँ। मेरो लागि संविधान नै सर्वोच्च हो,’ उनले भने।

दिल्लीको मदिरासम्बन्धी नीतिमा घोटाला गरेको भन्दै सिबिआईको हिरासतमा रहेका केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सिबिआईले उनलाई जुन २६ मा पक्राउ गरेको थियो ।

प्रकाशित मिति: आइतबार, ३० भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.