सुन्दरहरैँचामा जंगली हात्तीको बथानले घर भत्कायो

Satya Sanchar सत्य सञ्चार
सांकेतिक तस्बीर ।

विराटनगर । मोरङको सुन्दरहरैँचामा शनिबार राति जंगली हात्तीको हुलले एउटा घर भत्काएको छ ।

सुन्दरहरैँचा नगरपालिका–९ कैरी टोलमा राति ११ः३० बजेतिर ६–७ वटाको संख्यामा हात्ती देखा परेको थियो । हात्तीको बथान गाउँ छिरेर स्थानीय रहरमान राईको इँटाको घेराबारा र टिनको छानो भएको १ तले घर भत्काइदिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राईको घरको पूर्वतर्फको भाग भत्काएर हात्तीले क्षति पुर्याएको छ ।

हात्तीले घर भत्काउँदा ६० हजार मूल्य बराबरको क्षति भएको छ । प्रहरी, वन कर्मचारी र स्थानीयको सहयोगमा हात्तीलाई राति १२ बजेतिर जंगलतर्फ धपाइएको थियो ।

प्रकाशित मिति: आइतबार, ३० भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.