प्रदेशसभाको विषयगत समितिले पायो नेतृत्व

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशसभाको विषयगत समिति सभापतिहरुले जिम्मेवारी सम्हालेका छन् । शुक्रबार निर्विरोध निर्वाचित भएका सात विषयगत समिति सभापतिहरुले पद तथा गोपनियताको शपथपछि जिम्मेवारी सम्हालेका हुन् ।

कोशीमा नयाँ संसद सुरु भएको २१ महिनापछि प्रदेश सभामुख अम्बरबहादुर बिष्टले सभापतिहरूलाई शपथ गराए ।

कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार न्याय, प्रशासन तथा विधायन समितिको सभापतिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल, उद्योग पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार समितिको सभापतिमा होमबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए ।

२०७९ मंसिर ४ गतेको निर्वाचनपछि प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १७ गते बसेको थियो । २०८० कात्तिक २० गते संसदीय समिति सदस्य छानिएका थिए ।

प्रकाशित मिति: शनिबार, २९ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.