विराटनगर । कोशी प्रदेशसभाको विषयगत समिति सभापतिहरुले जिम्मेवारी सम्हालेका छन् । शुक्रबार निर्विरोध निर्वाचित भएका सात विषयगत समिति सभापतिहरुले पद तथा गोपनियताको शपथपछि जिम्मेवारी सम्हालेका हुन् ।
कोशीमा नयाँ संसद सुरु भएको २१ महिनापछि प्रदेश सभामुख अम्बरबहादुर बिष्टले सभापतिहरूलाई शपथ गराए ।
कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीका अनुसार न्याय, प्रशासन तथा विधायन समितिको सभापतिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल, उद्योग पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार समितिको सभापतिमा होमबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए ।
२०७९ मंसिर ४ गतेको निर्वाचनपछि प्रदेश सभाको पहिलो बैठक २०७९ पुस १७ गते बसेको थियो । २०८० कात्तिक २० गते संसदीय समिति सदस्य छानिएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,408)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,368)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,350)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)