मौसम : पश्चिम नेपालमा रोकियो, पूर्वमा जोखिम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । लुम्बिनी र सुदूरपश्चिममा तीन दिनदेखि लगातार परिरहेको वर्षा रोकिएको छ । पश्चिममा वर्षा रोकिए पनि आज बागमतीसहित पूर्वी नेपालमा वर्षाको जोखिम छ ।

गएरातिदेखि पश्चिम नेपालमा लगातारको वर्षा रोकिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसअघि बिहीबारदेखि लुम्बिनी र सुदूरपश्चिमलगायत पश्चिम भेगमा ठूलो पानी परेको थियो । बाढी र डुबानले कैलाली, कन्चनुर र बर्दियामा ठूलो क्षति गरेको थियो । बाढी र डुबानका कारण तीन जिल्लामा ३०० परिवार विस्थापित भएका थिए ।

प्रकाशित मिति: शनिबार, २९ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.