मौसम : पश्चिम नेपालमा रोकियो, पूर्वमा जोखिम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । लुम्बिनी र सुदूरपश्चिममा तीन दिनदेखि लगातार परिरहेको वर्षा रोकिएको छ । पश्चिममा वर्षा रोकिए पनि आज बागमतीसहित पूर्वी नेपालमा वर्षाको जोखिम छ ।

गएरातिदेखि पश्चिम नेपालमा लगातारको वर्षा रोकिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसअघि बिहीबारदेखि लुम्बिनी र सुदूरपश्चिमलगायत पश्चिम भेगमा ठूलो पानी परेको थियो । बाढी र डुबानले कैलाली, कन्चनुर र बर्दियामा ठूलो क्षति गरेको थियो । बाढी र डुबानका कारण तीन जिल्लामा ३०० परिवार विस्थापित भएका थिए ।

प्रकाशित मिति: शनिबार, २९ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.