सरकारमा कांग्रेस संस्थापन समूह, शेखर कोइराला समूह बाहिरै

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पार्टी भित्रको डाक्टर शेखर कोइराला समूहलाई बाहिरै राखेर नेपाली कांग्रेसको संस्थापन समूह कोशी प्रदेश सरकारमा सहभागी भएको छ । आन्तरिक किचलोका कारण सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि सरकारमा सहभागी भएको हो ।

सरकारमा सहभागी हुँदा पार्टी भित्रको प्रतिपक्ष डाक्टर शेखर कोइराला समूहलाई बाहिर राखेको छ । यद्धपि एउटा मन्त्रालय भने कोइराला समूहलाई भाग छुट्याएको छ ।

९ वटा मन्त्रालय रहेको कोशीमा कांग्रेस एमालेबीच मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय बाहेक मन्त्रालय आधा–आधा बाड्ने सहमति भएको थियो । पूर्व सहमति अनुसार कांग्रेसले चार मन्त्री र २ राज्य मन्त्रीको नाम पठाउन सकेन् ।

शुक्रबार तीन मन्त्री र एक राज्यमन्त्रीले जिम्मेवारी सम्हाले । चारै जना संस्थापन समूहका हुन् । डाक्टर शेखर कोइराला समूहका लागि एउटा मन्त्रालय राखेर सरकारमा सहभागी भएको कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए । शेखर समूहले एउटा मन्त्री र एउटा राज्यमन्त्री पाउनेछन् ।

प्रदेशमा शेखरले दुई वटा मन्त्रालय दाबी गरेको थियो । शेखर समूहलाई मिलाउन भन्दै मन्त्रालय फुटाउने तयारी पनि भयो, तर आलोचना हुने भन्दै मुख्यमन्त्री हिक्मत कार्की तयार भएनन् ।

भागबन्डा गर्दा कांग्रेसले पाएको चार मध्ये दुई मन्त्रालयमा शेखर समूहको दाबी थियो । तर संस्थापन पक्षले एउटा मन्त्री र एउटा राज्यमन्त्री दिन तयार भयो । डेढ महिनासम्म दुवै समूह गलेनन् । त्यसपछि संस्थापन समूह सरकारमा जादा कोइराला समूह बाहिरै बस्यो ।

‘डेढ महिना पर्खदा उहाँ मान्नु भएन्, नमानेपछि माथिबाटै एउटा मन्त्रालय छाडेर सरकारमा जानु भन्ने कुरा आयो,’ कांग्रेस एक सांसदले भने,‘यति भएपछि आलोचना पनि टर्ने भयो ।’

कोशी सरकारमा कांग्रेसको नेतृत्व प्रदेश महामन्त्री समेत रहेका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले गरेका छन् । उनी कृष्णप्रसाद सिटौला समूहका नेता हुन् । सिटौला समूहकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् । मण्डल भने संस्थापन भित्रकै ज्ञानेन्द्र कार्कीको समूहका हुन् ।

१७ असारमा कांग्रेस एमालेबीच गठबन्धन बनेपछि ११ साउनमा कोशी प्रदेशमा माओवादी केन्द्रले सरकार छाडेको थियो । १२ गते कांग्रेसले ४ वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति गरेको थियो । तर आन्तरिक सहमति नजुट्दा कांग्रेस सरकारमा सहभागी नभइ कांग्रेस प्रदेशसभा बैठकमा सत्तापक्षमा बसेको थियो ।

नयाँ सरकार विस्तार भएपछि कोशी प्रदेश सरकार १० सदस्यीय बनेको छ । ८ मन्त्री र दुई राज्यमन्त्री छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र स्वास्थ्य मन्त्रालय सम्हालेका छन् । यो मन्त्रालय डाक्टर शेखर कोइराला समूहका लागि राखिएको हो ।

मन्त्रीपरिषदको दोस्रो वरियतामा रहेका रामबहादुर मगर आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा छन् । शुक्रबार शपथ गरेका भौतिक पूर्वाधार मन्त्री राई तेस्रो वरियतामा छन् ।

त्यसपछिको वरियतामा सामाजिक विकास मन्त्री पाँचकर्ण राई, खानेपानी सिचाई तथा उर्जा मन्त्री एकराज कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम, पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल छन् । राज्यमन्त्री सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र भुमीप्रसाद राजवंशी भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा छन् ।

प्रकाशित मिति: शुक्रबार, २८ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.