मुख्यमन्त्रीसँग अझै दुई वटा मन्त्रालय, क्याबिनेटको तेस्रो वरियतामा राई

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद् सदस्यको सङ्ख्या १० पुगेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली काङ्ग्रेसबाट ३ मन्त्री र एक राज्यमन्त्री थप गरेपछि मन्त्रिपरिषद् सङ्ख्या १० पुगेका हो, जसमा ८ मन्त्री र दुई राज्यमन्त्री छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य मन्त्रालय सम्हालेका छन् । स्वास्थ्य मन्त्रालय काङ्ग्रेस भित्रको शेखर कोइराला समूहका लागि राखिएको हो ।

 १० सदस्यीय क्याबिनेटमा मुख्यमन्त्री पछिको दोस्रो वरियतामा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर छन् । शुक्रबार शपथ गरेका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राई तेस्रो वरियतामा छन् । त्यसपछिको वरियतामा सामाजिक विकास मन्त्री पाँचकर्ण राई, खानेपानी सिचाइँ तथा उर्जा मन्त्री एकराज कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम, पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल छन् । 

राज्यमन्त्री सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भुमीप्रसाद राजवंशी भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा छन् ।

दुई दलबीच १३ सदस्यीय मन्त्रिमण्डल बनाउने सहमति छ । अब डाक्टर शेखर कोइराला समूहले मन्त्री र राज्यमन्त्रीको नाम दिएपछि एमालेले एक राज्यमन्त्री थप गर्ने एमालेको तयारी छ ।

प्रकाशित मिति: शुक्रबार, २८ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.