कोशी सरकारमा थपिए ३ मन्त्री र १ राज्यमन्त्री

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गरेका छन् ।

कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले थप गरेका हुन् ।  नव नियुक्त मन्त्रीहरुले शपथ ग्रहण पनि गरेका छन् ।

कांग्रेसको नेतृत्व गर्दै भुपेन्द्र राई भौतिक पूर्वधार मन्त्री बनेका छन् । उनी कृष्णप्रसाद सिटौला समूहका हुन् । खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री , सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री नियुक्त भएका हुन् ।

हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् । मण्डल भने संस्थापन भित्रकै ज्ञानेन्द्र कार्कीको समूहका हुन् ।

कृष्ण सिटौला पक्षका भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

 तीन मन्त्री र एक राज्य मन्त्री थपिएसँगै प्रदेशको मन्त्रीपरिषद् संख्या १० पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, २८ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.