विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा तीन मन्त्रीलाई पठाउने निर्णय गरेको छ । सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेसले कोशी प्रदेश सरकार तीन मन्त्री र एक राज्यमन्त्री पठाएको हो ।
नयाँ मन्त्रीको शपथ आज बिहान साढे ९ बजे हुनेछ ।
सरकारमा संस्थापन समूहका तीन मन्त्री र एक राज्यमन्त्री जाँदै गर्दा डाक्टर शेखर कोइराला समूह भने असन्तुष्ट बनेको छ । मागे अनुसारको मन्त्रालय नपाएपछि शेखर समूहले मन्त्रीको नाम दिएको छैन । शेखर समूहले नाम नदिएपछि उनको भाग छाडेर सरकारमा सहभागी हुने तय भएको कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।
कांग्रेसबाट कोशी सरकारको नेतृत्व प्रदेश सांसद तथा प्रदेश महामन्त्री भुपेन्द्र राईले गर्नेछन् । उनी भौतिक पूर्वधार मन्त्री बन्ने तय भएको छ । राई कृष्णप्रसाद सिटौला समूहका नेता हुन् । खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री, सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बन्ने निश्चित भएको छ । हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् । मण्डल भने संस्थापन भित्रकै ज्ञानेन्द्र कार्कीको समूहका हुन् । कृष्ण सिटौला पक्षका भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नेछन् ।
एक मन्त्री र एक राज्यमन्त्री डाक्टर शेखर कोइराला समूहका लागि छुट्याइएको छ । कोशीमा कोइराला पक्षले २ वटा मन्त्रालय मागेको थियो ।
संस्थापन पक्षले एउटा मन्त्री र एउटा राज्यमन्त्री दिने बताएको थियो । गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)