शेखर काेइराला समूहलाई बाहिरै राखेर सरकारमा जाँदै कांग्रेस

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारमा तीन मन्त्रीलाई पठाउने निर्णय गरेको छ । सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेसले कोशी प्रदेश सरकार तीन मन्त्री र एक राज्यमन्त्री पठाएको हो ।

नयाँ मन्त्रीको शपथ आज बिहान साढे ९ बजे हुनेछ ।

सरकारमा संस्थापन समूहका तीन मन्त्री र एक राज्यमन्त्री जाँदै गर्दा डाक्टर शेखर कोइराला समूह भने असन्तुष्ट बनेको छ । मागे अनुसारको मन्त्रालय नपाएपछि शेखर समूहले मन्त्रीको नाम दिएको छैन । शेखर समूहले नाम नदिएपछि उनको भाग छाडेर सरकारमा सहभागी हुने तय भएको कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।

कांग्रेसबाट कोशी सरकारको नेतृत्व प्रदेश सांसद तथा प्रदेश महामन्त्री भुपेन्द्र राईले गर्नेछन् । उनी भौतिक पूर्वधार मन्त्री बन्ने तय भएको छ । राई कृष्णप्रसाद सिटौला समूहका नेता हुन् । खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री, सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बन्ने निश्चित भएको छ । हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् । मण्डल भने संस्थापन भित्रकै ज्ञानेन्द्र कार्कीको समूहका हुन् । कृष्ण सिटौला पक्षका भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नेछन् ।

एक मन्त्री र एक राज्यमन्त्री डाक्टर शेखर कोइराला समूहका लागि छुट्याइएको छ । कोशीमा कोइराला पक्षले २ वटा मन्त्रालय मागेको थियो ।

संस्थापन पक्षले एउटा मन्त्री र एउटा राज्यमन्त्री दिने बताएको थियो । गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन् ।

प्रकाशित मिति: शुक्रबार, २८ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.