काठमाडौं । नेपालका तीन प्रदेशका केही स्थानमा हावाहुरीस्थित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।
सो बुलेटिनमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा आज राति पनि हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको उल्लेख छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारी वर्षाको कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेकाे छ ।
अहिले पश्चिम नेपालमा कायम पानी पार्ने प्रणालीको प्रभाव शनिबार दिउँसोदेखि क्रमशः सुधार हुँदै जाने सम्भावना छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)