विराटनगर । नेकपा एमाले मोरङ जिल्ला कमिटीले विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालाई आफ्नो पालिकाको काममा ध्यान दिन ध्यानआकर्षण पत्र बुझाएको छ । महानगरपालिकाको काम छाडेर बुधबार रंगेली नगरपालिका विरुद्धको आन्दोलनमा कोइराला सहभागी भएपछि एमाले जिल्ला कमिटीले पालिकामा ध्यान दिन आग्रह गरेको हो ।
एमालेको नेतृत्वमा रहेको रंगेली नगरपालिकाविरुद्ध नेपाली कांग्रेसको तर्फबाट प्रदर्शन हुँदा विराटनगरका मेयर कोइराला बुधबार सहभागी भएका थिए । त्यसको ‘काउन्टर’मा एमाले मोरङले प्रमुख कोइरालालाई बिहीबार विकास निर्माणमा ध्यान दिन आग्रह गरेको हो ।
महानगर प्रमुखलाई ध्यानआकर्षण पत्र बुझाउन पुगेको एमालेले निर्वाचित भएको २ वर्ष ५ महिना बितेपनि महानगरले विकास निर्माणको सवालमा अपेक्षित काम गर्न नसकेको भन्दै काममा ध्यान दिन आग्रह गरेको छ । एमाले मोरङले सडक निर्माण, ढल निकास, स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधार सम्बन्धी विभिन्न स्थानीय विकासका मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आग्रह गरेको छ ।
‘विराटनगरको मेयर रंगेलीमा पुगेर पालिकाले गरेको संस्थागत निर्णयको विपक्षमा जे प्रतिक्रिया दिनुभयो त्यो बेठिक थियो । उहाँको क्षेत्राधिकार भन्दा बाहिर गएर एउटा नगरप्रमुखले अर्को नगरप्रमुखको सार्वभौम निर्णय गर्ने अधिकारलाई जुन प्रकारले हस्तक्षेप गर्नुभयो त्यो न्यायोचित थिएन । किन त्यसो गर्नु भयोभन्ने हाम्रो प्रश्न हो,’ एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले भने ।
उनले एउटा पालिकाले गरेको कामको विषयमा अर्को पालिका प्रमुखले बोल्नु उचित नभएको बताए । मेयर कोइराला रंगेली पुगेर नगरपालिकाविरुद्ध भएको आन्दोलनको नारा जुलुस र प्रदर्शनमै सहभागी भएका थिए ।
‘एउटा पालिका नेतृत्वले अर्को पालिकालाई या त्यो प्रकारको प्रतिक्रिया दिनेकुरा बेठिक हो, तपाईंको गरेको बेठिक हो भनेर ध्यानआकर्षण पत्र दियौं । ज्ञापन पत्र दियौं,’ कार्कीले भने, ‘महानगरमा उहाँ (कोइराला)ले गर्नुभएको क्रियाकलाप संगतीपूर्ण छैन । ‘ट्रान्परेन्स’ छैन । ‘एकाउन्टेबल’ छैन । आफैंले गरेका निर्णय बदर गर्नुभएको छ ।’
उनले कोशी प्रदेशको राजधानी भएको ठाउँमा मेयरले एउटा शौचालयसमेत बनाउन नसकेको बताए । ‘शौचालयसमेत बनाउन सक्नु भएको छैन । जनताका लागि कुनै नयाँ दिन सक्नु भएको छैन,’ कार्की भन्छन्, ‘रंगेलीबाट केही त सिक्नुहोस् । रंगेलीले गरेको ‘इनोभेसन’को विषयमा, ‘गार्डेन’को विषयमा र बजेट सञ्चालनका विषयमा सिक्नुहोस भन्यौं ।’ उनले नगरप्रमुखलाई आफ्नो शैली सच्याउन भनिएको बताए ।
‘कांग्रेसको ‘कन्सन’को विषयमा रंगेलीका मेयर साबले मेरो भाइ बिरामी छ, दिल्लीबाट उपचार गरेर आएपछि छलफल गरौं भन्नु भएको रहेछ । तर कांग्रेसले आन्दोलन गरेको छ । आन्दोलनका नाममा जथाभावी गरेको छ,’ कार्कीले भने, ‘रंगेलीको भन्दा पनि विराटनगरको गर्न काम गर्न सक्नु भएको छैन । त्यसका बारेमा उहाँलाई भन्यौं ।’
२०७९ को स्थानीय तहको निर्वाचनपछिको करिब २ वर्ष ५ महिनाको अवधिमा महानगरसँग ठोस, प्रभावकारी एवं दीर्घकालीन योजनामा कमी भएको एमाले मोरङका अध्यक्ष कार्कीले बताए । एमालेले महानगर प्रमुख कोइरालालाई विराट राजाको दरबार, प्रधानमन्त्री पार्कलगायत विकास निर्माणको काममा भएको ढिलासुस्तीको अन्त्य गरी समयसीमाभित्र निर्माण कार्य सम्पन्न गर्न आग्रह गरेको छ ।
नगरपालिकाबाट संचालन हुने नगर बस अविलम्ब संचालन गर्नु पर्ने, नगरभित्र फोहरमैलामा देखिएको लापरबाहीको अन्त्य गर्दै प्रशोधन र उचित व्यवस्थापन गर्नुपर्ने एमालेको माग छ । एमालेले नगर क्षेत्रको खेलकुदको प्रवर्दनका लागि अविलम्ब नगर खेलकुद विकास समिति गठन गर्नुपर्ने, विराटनगरको डुबान र ढल निकासका लागि स्थायी समाधान गर्नुपर्ने, नगरले विगतमा थालनी गरी रोकिएका अधुरा योजनाहरु सम्पन्न गर्नुपर्ने माग गरेको छ ।
ध्यानआकर्षण पत्र बुझ्दै महानगर प्रमुख कोइरालाले विकास निर्माणका काममा आवश्यक बजेट नहुँदा ढिलासुस्ती भएको बताए । बजेटका लागि प्रदेश र संघीय सरकारसमक्ष पहल भइरहेको उनले बताए । कोइरालाले बुधबार नगरप्रमुखको रुपमा नभइ पार्टीको मोरङ जिल्ला उपसभापतिको हैसियतमा आन्दोलनमा सहभागी भएको बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)