कोशी प्रदेश : सात मिनी  संसद्‌मा परेन दोहोरो उम्मेद्वारी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशको ७ वटा संसदीय समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ ।

मिनी संसद्को रुपमा रहेको ७ विषयगत समिति मध्ये कांग्रेस-एमालेले ३–३  समितिकाे सभापतिमा मनाेनयन दर्ता गरेका छन् । माओवादी केन्द्रले एउटा समितिको सभापतिमा मनोनयन दर्ता गरेको छ ।

प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार होमबहादुर थापाले प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नालले न्याय प्रशासन तथा विधायन समिति र रामदेव यादवले उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा मनोनयन दर्ता  गरेका छन् । उनीहरु नेकपा एमाले सांसद हुन् ।

सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा विनोद राईले उम्मेदवारी दर्ता गरेका छन् । उनीहरु नेपाली कांग्रेसका हुन् ।

सार्वजनिक लेखा समितिको सभापतिमा राजन किरातीको उम्मेदवारी परेको छ । उनी नेकपा माओवादी केन्द्रका सांसद हुन् ।

सात वटै समितिको सभापतिमा एकल उम्मेदवारी परेको प्रदेशसभा सचिवालयका सचिव पराजुलीले जानकारी दिए । सभापति निर्वाचित भएको घोषणा र सपथ ग्रहण भने शुक्रबार दिउँसो २ बजे हुनेछ ।

प्रकाशित मिति: बिहिबार, २७ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.