कोशी प्रदेश : सात मिनी  संसद्‌मा परेन दोहोरो उम्मेद्वारी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशको ७ वटा संसदीय समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ ।

मिनी संसद्को रुपमा रहेको ७ विषयगत समिति मध्ये कांग्रेस-एमालेले ३–३  समितिकाे सभापतिमा मनाेनयन दर्ता गरेका छन् । माओवादी केन्द्रले एउटा समितिको सभापतिमा मनोनयन दर्ता गरेको छ ।

प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार होमबहादुर थापाले प्राकृतिक स्रोत तथा पूर्वाधार समिति, कमला दर्नालले न्याय प्रशासन तथा विधायन समिति र रामदेव यादवले उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा मनोनयन दर्ता  गरेका छन् । उनीहरु नेकपा एमाले सांसद हुन् ।

सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा विनोद राईले उम्मेदवारी दर्ता गरेका छन् । उनीहरु नेपाली कांग्रेसका हुन् ।

सार्वजनिक लेखा समितिको सभापतिमा राजन किरातीको उम्मेदवारी परेको छ । उनी नेकपा माओवादी केन्द्रका सांसद हुन् ।

सात वटै समितिको सभापतिमा एकल उम्मेदवारी परेको प्रदेशसभा सचिवालयका सचिव पराजुलीले जानकारी दिए । सभापति निर्वाचित भएको घोषणा र सपथ ग्रहण भने शुक्रबार दिउँसो २ बजे हुनेछ ।

प्रकाशित मिति: बिहिबार, २७ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.