सुरु भयो कृषि एक्स्पो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा पहिलो पटक आयोजित कृषि एक्स्पो सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले आयोजना गरेको कृषि एक्स्पो सुरु भएको हो ।

विराटनगरको तनपैनी चोकबाट पूर्व तर्फ कटहरीमा रहेको कृषि बजारमा बिहीबारबाट सुरु भएको एक्स्पोको उद्‌घाटन  सङ्घीय सरकारका कृषि मन्त्री रामनाथ अधिकारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे ।

एक्स्पोको उद्‌घाटन गर्दै उनले कृषि एक्स्पोले कृषि प्रवर्द्धनमा सहयोग गर्ने बताए । सङ्घीय सरकार कृषिमा देखिएको समस्या समाधान गर्न लागि परेको उनले बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कृषि क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । उनले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले प्रत्येक वर्ष कृषि एक्स्पोलाई निरन्तरता दिने बताए । १३० वटा स्टल रहेको एक्स्पो ३० गतेसम्म सञ्चालन हुनेछ । एक्सपोमा कृषि उपज र कृषि औजारहरूको स्टल राखिएको छ ।

प्रकाशित मिति: बिहिबार, २७ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.