सुरु भयो कृषि एक्स्पो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा पहिलो पटक आयोजित कृषि एक्स्पो सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले आयोजना गरेको कृषि एक्स्पो सुरु भएको हो ।

विराटनगरको तनपैनी चोकबाट पूर्व तर्फ कटहरीमा रहेको कृषि बजारमा बिहीबारबाट सुरु भएको एक्स्पोको उद्‌घाटन  सङ्घीय सरकारका कृषि मन्त्री रामनाथ अधिकारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे ।

एक्स्पोको उद्‌घाटन गर्दै उनले कृषि एक्स्पोले कृषि प्रवर्द्धनमा सहयोग गर्ने बताए । सङ्घीय सरकार कृषिमा देखिएको समस्या समाधान गर्न लागि परेको उनले बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कृषि क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । उनले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले प्रत्येक वर्ष कृषि एक्स्पोलाई निरन्तरता दिने बताए । १३० वटा स्टल रहेको एक्स्पो ३० गतेसम्म सञ्चालन हुनेछ । एक्सपोमा कृषि उपज र कृषि औजारहरूको स्टल राखिएको छ ।

प्रकाशित मिति: बिहिबार, २७ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.