कोशीमा सरकारले बाड्न थाल्यो अस्थायी लाइसेन्स

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले अस्थायी लाइसेन्स (सवारी चालक अनुमति पत्र) वितरण सुरु गरेको छ । प्रदेशमा पहिलो पटक प्रयोगात्मक परीक्षा (ट्रायल) पास गरेहरुलाई लाइसेन्स वितरण गरेको हो ।

प्रदेशमा स्मार्ट लाइसेन्स’को लागि ३ वर्षसम्म पर्खनुपर्ने बाध्यता छ । सरकारले अब ट्रायल पास गरे लगतै अस्थायी लाइसेन्स दिनेछ ।

इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा आयोजित कार्यक्रममा सेवाग्राहीलाई लाइसेन्स दिँदै मुख्यमन्त्री हिक्मतकुमार कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सेवाको औपचारिक उद्घाटन गरे ।

प्रदेशका नागरिकको हित र सुविधालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै मुख्यमन्त्री कार्कीले अबदखि ‘ट्रायल’ पास भएलगत्तै लाइसेन्स पाइने जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले यातायात व्यवस्था विभागले अस्थायी लाइसेन्स वितरणका लागि गरेको प्राविधिक सहयोगको प्रशंसा गर्दै चाँडै ‘स्मार्ट लाइसेन्स’ छाप्ने गरिको तयारी भइरहेको बताए ।

गत साउन ३२ गते सातवटै प्रदेशका यातायात व्यवस्था मन्त्रालयका मन्त्रीहरुको संयुक्त बैठकले सवारी चालक अनुमति पत्रको स्थायी कार्ड प्रदेशबाटै छाप्ने र स्थायी कार्ड छाप्ने व्यवस्थापन गर्न लाग्ने समयसम्म क्यूआर कोडसहितको अस्थायी सवारी चालक अनुमतिपत्रको कार्ड छाप्ने निर्णय गरेको थियो । सोही अनुसार सबैभन्दा पहिला कोशी प्रदेशले अस्थायी कार्ड वितरण गरेको हो ।

कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्र जारी गर्ने यातायात व्यवस्था सेवा कार्यालयहरू ७ वटा छन् । अब सबै कार्यालयबाटै अस्थायी लाइसेन्स पाउने व्वस्था सुरु गरिएको छ । नयाँ, थप र प्रतिलिपिसमेत गरी अहिले कोशीबाट मासिक १८ हजार सवारी चालक अनुमतिपत्रको लागि निवेदन आउने गरेको छ ।

प्रकाशित मिति: बिहिबार, २७ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.