बालुवाटारमा शीर्ष नेताको बैठक

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताको छलफल भएको छ । केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।

प्रधानमन्त्री ओलीसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच करिब आधा घण्टा छलफल भइसकेपछि कांग्रेस सभापति देउवा पनि सहभागी भएका स्रोतले बतायो ।

उपसभामुख इन्दिरा रानामगर प्रकरणसहित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरु भेला भएको बताइएको छ ।

प्रधानमन्त्रीको सचिवालयलेले संवैधानिक परिषद बैठक अगाडि तीन नेताबीच समझदारी जुटाउन प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेको जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, २७ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.