काेशी प्रदेश : को–को बन्दैछन् मिनी संसद्काे सभापति ?

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशको ७ वटा संसदीय समितिको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । मिनी संसद्को रुपमा रहेको समितिको सभापति कांग्रेस– एमालेले ३–३ वटा बाडेका छन् । माओवादी केन्द्रले एउटा समिति पाएको छ ।

कोशी प्रदेशसभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् ।

एमालेले उद्योग, पर्यटन तथा वातावरण समिति, प्राकृतिक स्रोत तथा पूर्वाधार समिति र न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा मनोनयन दर्ता गर्नेछ ।

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार होमबहादुर थापाले पूर्वाधार समिति, कमला दर्नालले विधायन समिति र रामदेव यादवले पर्यटन समितिको सभापतिमा मनोनयन दर्ता गर्नेछन् ।

नेपाली कांग्रेसले सुशासन तथा योजना समिति, अर्थ समिति, र सामाजिक विकास समितिको नेतृत्व पाएको छ ।

सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेलको नाम टुङ्गो लागेको छ । अर्थ समितिको सभापतिमा विनोद राईले उम्मेदवारी दर्ता गर्ने तयारी छ ।

सामाजिक र सुशासन समितिको सभापतिको टुङ्गो लागेपनि अर्थ समिति सभापतिको विषयमा भने टुङ्गो लागि नसकेको कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले बताए । समितिमा चार जना हुनुहुन्छ, उहाँहरु मध्ये एक जना सभापति बन्ने हो,’ उनले भने,‘ दुई समितिमा टुङ्गो लाग्यो, अर्थको पनि टुंगो लाग्छ ।’

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको सभापतिमा राजन किरातीलाई उम्मेदवार बनाउने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । कांग्रेस एमालेको दुई तिहाइ बढी बहुमत भएका कारण अन्य समितिको नेतृत्वमा उम्मेदवारी नदिने उनले बताए । समिति सभापतिमा राप्रपाले पनि उम्मेदवारी नदिने बताएको छ । राप्रपा दलका नेता भक्ति सिटौलाले एउटा समितिको नेतृत्व मागेका थिए । तर सत्तापक्षले दिएन् । आज कुनै समिति नेतृत्वमा दाबी पेश नगर्ने सिटौलाले बताए ।

 

प्रकाशित मिति: बिहिबार, २७ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.