कोशीमा संसदीय समिति सभापतिको मनोनयन आज

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशको ७ वटा संसदीय समितिको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुनेछ । मिनी संसदको रुपमा रहेको समिति सभापति निर्वाचन र परिणाम घोषणा हुने छ ।

संसदीय समितिमा कांग्रेस र एमालेले ३–३ वटा बाडेका छन् । एउटा माओवादी केन्द्रले पाउनेछ ।

कोशी प्रदेशसभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् ।

एमालेले उद्योग, पर्यटन तथा वातावरण समिति, प्राकृतिक स्रोत तथा पूर्वाधार समिति र न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा मनोनयन दर्ता गर्ने एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

नेपाली कांग्रेसले सुशासन तथा योजना समिति, अर्थ समिति, र सामाजिक विकास समितिको सभापतिमा मनोनयन गर्नेछ ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको नेतृत्व दिने सहमति छ । लेखा समिति प्रमुख प्रतिपक्षी दललाई दिने संसदीय परम्परा हो ।

प्रकाशित मिति: बिहिबार, २७ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.