विराटनगर । कोशी प्रदेशको ७ वटा संसदीय समितिको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुनेछ । मिनी संसदको रुपमा रहेको समिति सभापति निर्वाचन र परिणाम घोषणा हुने छ ।
संसदीय समितिमा कांग्रेस र एमालेले ३–३ वटा बाडेका छन् । एउटा माओवादी केन्द्रले पाउनेछ ।
कोशी प्रदेशसभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् ।
एमालेले उद्योग, पर्यटन तथा वातावरण समिति, प्राकृतिक स्रोत तथा पूर्वाधार समिति र न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा मनोनयन दर्ता गर्ने एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
नेपाली कांग्रेसले सुशासन तथा योजना समिति, अर्थ समिति, र सामाजिक विकास समितिको सभापतिमा मनोनयन गर्नेछ ।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सार्वजनिक लेखा समितिको नेतृत्व दिने सहमति छ । लेखा समिति प्रमुख प्रतिपक्षी दललाई दिने संसदीय परम्परा हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)