पूजाको प्रसाद खाँदा गाउँ नै बिरामी 

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापामा पूजाको प्रसादी खाँदा एउटा गाउँ नै अधिकांश बिरामी परेका छन् । अर्जुनधारा नगरपालिका– ९ को खरबन्दी गाउँका अधिकांश बिरामी परेका हुन् । स्थानीय रिता निरौलाको बुधबार पूजा लगाइएको थियो । पूजामा ६० भन्दा जना भन्दा बढीले प्रसादी खाएका थिए । प्रसाद खाने सबै बिरामी परेको अर्जुनधारा नगरपालिका ९ का वडा अध्यक्ष भीष्म मिश्रले जानकारी दिए ।

स्थानीय विद्या कटवालका अनुसार पूजा घरमा पुगेर प्रसाद खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसाद अलिक कम समस्या देखिएको छ । ‘पूजा घरमा पुगेर सब्जी र रोटी अचार खाने धेरै विरामी छन् । घरमा ल्याएको प्रसाद खानेहरूलाई पनि समस्या  छ’ उनले भनिन्,’ गाउँका सबै बिरामी छन् ।’

पूजामा प्रसाद खाएकाे केही समयपछि सबैलाई वान्ता र डाइरिया  भएको थियाे । ज्वरो पनि आएको छ । त्यसपछि राति नै स्थानीय क्लिनिक लगिएकाे थियाे ।  ‘हिजो राति स्थानीय क्लिनमा आएर स्लाइन चढाएर फर्कियौँ तर निको भएन,’ उनले भनिन्,‘  वान्ता डाइरिया नडाकिएपछि आज विहानै आएका छाैं, ज्वरो पनि १०३, १०४ डिग्री छ ।’

पुजाको प्रसादीमा  फुड पोइजनिङ हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए । बिरामीको स्थानीय दुई क्लिनकमा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, २७ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.