पूजाको प्रसाद खाँदा गाउँ नै बिरामी 

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापामा पूजाको प्रसादी खाँदा एउटा गाउँ नै अधिकांश बिरामी परेका छन् । अर्जुनधारा नगरपालिका– ९ को खरबन्दी गाउँका अधिकांश बिरामी परेका हुन् । स्थानीय रिता निरौलाको बुधबार पूजा लगाइएको थियो । पूजामा ६० भन्दा जना भन्दा बढीले प्रसादी खाएका थिए । प्रसाद खाने सबै बिरामी परेको अर्जुनधारा नगरपालिका ९ का वडा अध्यक्ष भीष्म मिश्रले जानकारी दिए ।

स्थानीय विद्या कटवालका अनुसार पूजा घरमा पुगेर प्रसाद खाने धेरै बिरामी छन् । घरमा ल्याएको प्रसाद अलिक कम समस्या देखिएको छ । ‘पूजा घरमा पुगेर सब्जी र रोटी अचार खाने धेरै विरामी छन् । घरमा ल्याएको प्रसाद खानेहरूलाई पनि समस्या  छ’ उनले भनिन्,’ गाउँका सबै बिरामी छन् ।’

पूजामा प्रसाद खाएकाे केही समयपछि सबैलाई वान्ता र डाइरिया  भएको थियाे । ज्वरो पनि आएको छ । त्यसपछि राति नै स्थानीय क्लिनिक लगिएकाे थियाे ।  ‘हिजो राति स्थानीय क्लिनमा आएर स्लाइन चढाएर फर्कियौँ तर निको भएन,’ उनले भनिन्,‘  वान्ता डाइरिया नडाकिएपछि आज विहानै आएका छाैं, ज्वरो पनि १०३, १०४ डिग्री छ ।’

पुजाको प्रसादीमा  फुड पोइजनिङ हुँदा गाउँ नै बिरामी परेको अध्यक्ष मिश्रले बताए । बिरामीको स्थानीय दुई क्लिनकमा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: बिहिबार, २७ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.