विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला रङ्गेली नगरपालिका विरुद्धको आन्दोलनमा सहभागी भएका छन् ।
एमालेको नेतृत्वमा रहेको रङ्गेली नगरपालिकाले निर्धारण गरेको करको विरुद्ध नेपाली कांग्रसले आन्दोलन गरिरहेको छ । कोइराला बुधबार दिउँसो रङ्गेलीकाे नेतृत्वविरुद्धको आन्दोलनमा सहभागी भएका हुन् ।
एउटा स्थानीय सरकारका प्रमुखले अर्को स्थानीय सरकारविरुद्ध भएको आन्दोलनमा सशरीर उपस्थित भएर ऐक्यबद्धता जनाएसँगै उनी विवादमा तानिएका छन् ।
नगरपालिका विरुद्धको आन्दोलनका क्रममा कोइराला मंगलबार पनि रङ्गेली पुगेका थिए । प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसँगै पुगेका उनले आन्दोलनरत पक्षसँग प्रशासनको टोलीसँग बसेर छलफल गरेका थिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार आन्दोलनरत पक्षलाई पालिका प्रमुख फर्किएपछि छलफलबाट समस्या समाधान गर्न आग्रह गरिएको थियो । तर कांग्रेस तयार भएन । रङ्गेली नगर प्रमुख दीलिप बगडीया भने उपचारको सिलसिलामा भारतमा छन् ।
रङ्गेली नगरपालिकाले कर वृद्धि गरेपछि पार्टीको तर्फबाट आन्दोलन भइरहेको कांग्रेस सचिव मोदराज घिमिरेले जानकारी दिए । आन्दोलनमा विराटनगर महानगरपालिकाका प्रमुख कोइराला पनि सहभागी उनले बताए ।
विराटनगरका प्रमुख कोइरालाले भने पालिका प्रमुखको हैसियतमा नभइ पार्टीको तर्फबाट आन्दोलनमा सहभागी भएको बताए । ‘म नेपाली कांग्रेस जिल्लाको उपसभापति हो, रङ्गेलीमा उपसभापतिको रुपमा सहभागि भएको हुँ,’ कोइरालाले भने । उनी आन्दोलनमा जादा उनको कार्यकक्षमा सेवाग्राही भने पर्खिएर बसिरहेका थिए ।
नेपाली कांग्रेसको जिल्ला अधिवेशन नजिकिँदैछ । अधिवेशनमा उनले सभापतिमा उठ्ने तयारी गरिरहेका छन् । सभापतिमा उठ्ने तयारी गरिरहेका उनी पार्टीको गतिविधिमा सहभागी हुन भन्दै रङ्गेली पुगेको कांग्रेसका एक नेताले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)