४२ दिने शिशुको हातबाट जुस पिएर केदार कार्कीले तोडे अनशन

Satya Sanchar सत्य सञ्चार

विराटनगर ।‌ कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन तोडेका छन् ।
१० वर्ष मुनीका बालबालिकाको निःशुल्क उपचारको मागसहित अनशनमा बसेका कार्कीले सरकारसँगको सहमति पछि ४२ दिने शिशुको हातबाट जुस पिउँदै उनले अनशन तोडेका हुन् ।

विराटनगर ६ की निर्मला शर्माको ४२ दिनका छोरा उपचारको खर्च अभावमा ७ दिन विराट नर्सिङहोम बस्न बाध्य थिए । उनलाई कार्कीकै पहलमा अस्पतालबाट डिस्चार्ज गरेर घर लगिएको थियो । बुधबार राति सरकारसँगको सहमतिपछि सोही शिशुको हातबाट उनले जुस पिएका हुन् । कार्कीले मंगलबारबाट अनशन सुरु गरेका थिए ।

माग पुरा गर्न सरकार तयार भएको सन्देश लिएर आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर र आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी अनशनस्थल पुगेका थिए । मन्त्री अधिकारीले पूर्वमुख्यमन्त्री कार्कीले उठाएको माग सम्बोधन गर्न सरकार तयार रहेको बताए ।

पूर्वमुख्यमन्त्री कार्कीले सरकार आफ्ना माग पूरा गर्न सहमति भएकोले अनशन तोडेको बताए । प्रदेश सरकार र कार्की पक्षका प्रतिनिधिबीच बुधबार वार्ता भएको थियो ।

पूर्वमुख्यमन्त्री कार्कीले कोशी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेन्दार विद्यार्थीलाई दिने छात्रवृत्ति हटाएको, महिला स्वयं सेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिने बैंक ब्याज अनुदान सम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै आमरण अनशन शुरु गर्नुपरेको बताएका थिए ।

प्रकाशित मिति: बुधबार, २६ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.