केदार कार्कीको अनशन बारे एमाले : ‘नौटंकीले प्रदेश समृद्ध हुँदैन’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । १० वर्ष मुनीका बालबालिकाको निशुल्क उपचारलगायतका मागसहित आमरण अनशनमा बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीले भ्रम फिजाउने खोजेको नेकपा एमालेले बताएको छ ।

एमाले सांसद तिलचन पाठकले प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै संसदीय मूल्य मान्यता विपरित कार्कीले काम गरेको बताए । उनले अनशनको नौटंकी नगर्न पनि आग्रह गरे ।

‘उहाँ लास्ट बेन्चमा रहने एउटा सदस्यको रुपमा आफूलाई स्थापीत गर्नुभएको हुनाले सायद उहाँको बुझ्ने बानी हरायो कि,’ पाठकले भने,‘ हामीले राखेका (बजेटमा) विषयमा अझ खुला ढंगबाट प्रष्ट पार्न सरकार तयार छ , नेकपा एमाले तयार छ, वार्ता कार्यदल, के गर्नुपर्छ गर्न तयार छ र मुख्यमन्त्री कार्यालयमा आएर समाधान खोज्न समेत म अनुरोध गर्न चाहन्छु, अनशनको नौटंकीले प्रदेश समृद्ध हुँदैन, जनता सुखी हुँदैनन् ।’

केदार कार्कीले उठाएका सबै माग बजेटमा समावेश भएको बताउँदै उनले भने,‘ तर यतिबेला बजेटका नामबाट जनतालाई अन्योल गर्ने र प्रदेशलाई अन्योलको भूमरी भित्र राख्ने काम केदार कार्कीले गरिरहनु भएको छ ।’ कार्कीले संसदको अपमान गरेको बताउँदै उनले कार्कीको गतीविधीको छानविन गर्नुपर्ने उनले बताए ।

केदार काकीले उठाएका सबै माग रातो किताबमा रहेको बताउँदै उनले हेर्न आग्रह गरे । उनले प्रदेश मातहतका सबै अस्पताल र दमक बाल अस्पतालमा बालबालिकाको निशुल्क उपचार हुने बताए । तर प्रदेश मातहतका अस्पतालमा विशिष्टीकृत सेवा छैन । केदार कार्कीले भने बालबालिकाका लागि विशिष्टीकृत सेवा निशुल्क गर्नुपर्ने माग छ ।

मङ्गलबार बेलुकाबाट दश वर्ष मुनीका बालबालिकाका लागि विशिष्टीकृत सेवासहितको निःशुल्क उपचार, बजेटमा २५ लाख रूपैयाँ भन्दा कमका योजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रलाई पूर्ण रुपमा सञ्चालनलगायत मागसहित केदार कार्की आमरण अनशनमा छन् ।

प्रकाशित मिति: बुधबार, २६ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.