बुढीगंगामा करेन्ट लागेर दम्पतीको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा करेन्ट लागेर बुधबार भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीहरु श्रीमान श्रीमती हुन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विद्युत प्रवाह भइरहेको मोटर चलाएर कल पेल्ने क्रममा दुवै जनालाई बिहान ११ः५० बजेतिर करेन्ट लागेको थियो ।

भारतीय वृद्ध दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर खेतीपाती गर्दै आएको प्रहरीले जनाएको छ । बस्नेतका अनुसार करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति: बुधबार, २६ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.