प्रहरीले लखेटेपछि ठाउँ फेरेर अनशनमा पूर्वमुख्यमन्त्री कार्की

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की स्थान फेरेर पुन अनशनमा बसेका छन् ।

प्रदेशसभा सचिवालय अगाडि अनशन बसेका केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर घर पुर्याएर छाडेको थियो । पुन फर्किएर उनी प्रदेशसभा सचिवालय नजिकै देवकोटा चोकमा अनशन बसेका हुन् । कार्की अहिले अनशन बसेको स्थान निषेधित क्षेत्रमा पर्दैन् ।

१० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निशुल्कलगायत माग राखेर कार्कीले यसअघि नै प्रदेशसभा सचिवालय अगाडि अनशन बस्ने बताएका थिए । उनले अनशन बस्ने स्थान प्रदेशसभा सचिवालय आसपाससहित पाँच स्थानलाई जिल्ला प्रशासन कार्यालय मोरङले दिउँसो ३ बजेदेखि अनिश्चितकालका लागि निषेधित क्षेत्र तोकेको थियो ।

निषेधित क्षेत्रमा अनशन बसेका कार्कीलाई प्रहरीले मंगलबार राति ८ बजे नियन्त्रणमा लिएर कार्कीलाई बुढीगंगा गाउँपालिका– २ टंकिसिनवारी स्थित उनको निवासमा लगेर छाडेको थियो । तर कार्की फर्किएर अनशनस्थलमै आएका थिए । अनशनस्थलमा प्रहरीले बस्न नदिएपछि उनी देवकोटा चोकमा अनशन बसेको कार्कीका प्रेस सल्लाहकार देवनारायण साहले जानकारी दिए ।

कार्कीलाई निषेधित क्षेत्रबाट हटाउने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गर्दा केदार कार्कीका केही समर्थक घाइते भएका छन् ।

अनशनस्थलबाट प्रहरीले केदार कार्कीका १५ जना समर्थकलाई नियन्त्रणमा लिएको थियाे । अनशनमा हस्तक्षेप भएपछि कार्कीका समर्थकले प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: बुधबार, २६ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.