विराटनगरमा कृषि एक्स्पो हुँदै,  टाढाबाट आउनेलाई खाने बस्ने सुविधा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा पहिलो पटक आयोजना गर्न लागिएको कृषि एक्स्पोको तयारी पूरा भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले भदौ २७ देखि ३० गतेसम्म सञ्चालन हुनेछ ।

एक्स्पोमा १३० वटा स्टल रहने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । एक्स्पोमा भारतको कलकत्ता र बिहारका २० वटा कृषिका स्टलहरू रहने उनले बताए ।

मेलामा अवलोकनका लागि बाहिर जिल्लाबाट आउनेका लागि खाना र बस्न निशुल्क गरिएको अध्यक्ष राउतले बताए । पहाडी जिल्लाबाट अवलोकनका लागि आउने र एकै दिनमा फर्कन नसक्नेका लागि बस्ने र खाने सुविधा दिइएको उनले बताए ।

एक्स्पो अवधिभर कृषि, पशुपक्षी, कस्टम हाइरिङ्ग,क्लाइमेट चेन्ज , जैविक मल तथा विषादी बनाउने र प्रयोग विधि लगायत विषयमा नेपाल र भारतका विज्ञको सहभागितामा संवाद राखिएको छ ।कृषि औजारको प्रदर्शनी, उन्नत जातका पशुपक्षीको प्रदर्शनी, पशुपक्षी तथा कृषि उपजको प्रतियोगिता खेतदेखि भान्साको अनुभव र फुट फेस्टिभल गरिने उनले बताए ।

एक्स्पोको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो गरिएको छ, यद्यपि उनी आउने नआउने टुङ्गो भइसकेको छैन ।

कृषिमा आत्मनिर्भर बनाउनका लागि सहयोग गर्ने उद्देश्यसहित आयोजना गरिएको एक्स्पो सञ्चालनका लागि एक करोड खर्च लाग्ने राउतले बताए ।

प्रकाशित मिति: मङ्गलबार, २५ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.