दशैंको सहुलियत पसल असोज पहिलो सातादेखि

Satya Sanchar सत्य सञ्चार

काठमाडौँ । दशैं तिहारलगायत चाडपर्वलक्षित सहुलियत पसल असोज पहिलो सातादेखि सञ्चालन हुने भएको छ ।

उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोजको पहिलो सातादेखि सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो ।

सरकारले वाणिज्य मन्त्रालयमार्फत खर्च गर्ने गरी सहुलियत पसल सञ्चालनका लागि तीन करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।

चाडपर्वका बेलामा बजारमा बढी खपत हुने वस्तुको मूल्य नियन्त्रणका लागि सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । चाडपर्वको समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानमार्फत सहुलयित पसल सञ्चालन हुँदै आएको छ ।

खाद्य कम्पनीका अनुसार सहुलियत पसल सञ्चालनमा आएपछि कम्पनीले बिक्री गर्ने चामलको मूल्यमा प्रतिकेजी पाँच रुपियाँ छुट गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हालै गरेको बजार विश्लेषणमा चामलको मूल्य बजारमा भन्दा सस्तो छ । त्यसमा पनि सहुलियत पसल सञ्चालन भएपछि थप पाँच रुपियाँ छुट दिने कम्पनीले जनाएको छ ।

कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार देशभरि ४२ जिल्लाका विभिन्न ६१ स्थानमा सहुलियत पसल सञ्चालन हुने छ । जसमध्ये उपत्यकाका चार स्थानमा सहुलियत पसल सञ्चालन हुनेछ ।

साल्ट टे«डिङ कर्पोरेसनले सहुलियत पसलमार्फत नुन, चिनी खानेतेलमा छुट गर्ने जनाएको छ । कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीले नुन प्रतिकेजी दुई रुपियाँ, चिनी प्रतिकेजी पाँच रुपियाँ र खाने तेलमा प्रतिलिटर सात रुपियाँ छुट दिने गरी वाणिज्य मन्त्रालयमा प्रस्ताव पठाएको जानकारी दिए ।

प्रकाशित मिति: मङ्गलबार, २५ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.