अनशन बस्दै केदार कार्की, सरकार भन्छ,‘उहाँको माग बजेटमै छ’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की आजदेखि आमरण अनशन बस्दैछन् ।

१० वर्ष मुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवा निशुल्क हुनुपर्ने मागसहित दिउँसो ४ बजेबाट अनशन बस्न लागेका हुन् । उनले माग सम्बोधन नभएसम्म अनशन बस्ने बताए ।

कार्कीको अनशनबारे नेपाली कांग्रेस संसदीय दलले कुनै प्रतिक्रिया दिएको छैन । सरकारले भने कार्कीको उठाएको माग बजेटमै समावेश भइसकेका कारण अनशनको औचित्य नरहेको बताएको छ ।

केदार कार्कीले एक साता अघि आफ्नो पालामा सुरु भएको ९ वटा कार्यक्रमलाई प्राथमिकता दिन माग गर्दै सम्बोधन नभए अनशन बस्ने चेतावनी दिएका थिए ।

उनले दश वर्ष मुनीका बालवालिकाका लागि विशिष्टीकृत सेवासहितको निःशुल्क उपचार, बजेटमा २५ लाख रूपैयाँ भन्दा कमका योजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रलाई पूर्ण रुपमा सञ्चालनलगायत माग राखेका छन् ।

सरकारले भने पूर्वमुख्यमन्त्री कार्कीको एजेण्डा बजेटमै समावेश भएको बताएको छ । ‘दश वर्ष मुनीका बालबालिकाको निशुल्क उपचारलाई हामीले बजेटमै राख्यछौं,’ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले भने,‘ निशुल्क उपचारको नाममा हुने दुरुपयोग रोक्न खोजेको हो, उपचार नगर्ने भन्ने होइन्, विपन्न वर्गको उपचार सरकारले गर्छ ।’

केदार कार्कीले भनेअनुसार सबै निशुल्क गर्नका लागि प्रदेशको स्रोतले धान्न नसक्ने उनले बताए । विपन्नका लागि सरकारले सहयोग गर्ने अधिकारीको दाबी छ ।

बजेट कार्यान्वयनको चरणमा रहेको बताउँदै उनले अहिले नै आन्दोलन गर्ने बेला नभएको बताए ।

पूर्वमुख्यमन्त्री कार्कीको दलले आन्दोलनका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

‘पूर्व मुख्यमन्त्रीले अनशन बस्ने भनेर दललाई जानकारी गराउनु भएको छ, तर दलले कुनै धारणा बनाएको छैन,’ प्रमुख सचेतक गोपाल तामाङ भन्छन्,‘ उहाँले सुरु गरेपछि दलले धारणा बनाउँछ ।’ नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले अनशन बस्ने केदार कार्कीको व्यक्तिगत विषय भएको बताए ।

प्रकाशित मिति: मङ्गलबार, २५ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.