अनशन बस्दै केदार कार्की, सरकार भन्छ,‘उहाँको माग बजेटमै छ’

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की आजदेखि आमरण अनशन बस्दैछन् ।

१० वर्ष मुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवा निशुल्क हुनुपर्ने मागसहित दिउँसो ४ बजेबाट अनशन बस्न लागेका हुन् । उनले माग सम्बोधन नभएसम्म अनशन बस्ने बताए ।

कार्कीको अनशनबारे नेपाली कांग्रेस संसदीय दलले कुनै प्रतिक्रिया दिएको छैन । सरकारले भने कार्कीको उठाएको माग बजेटमै समावेश भइसकेका कारण अनशनको औचित्य नरहेको बताएको छ ।

केदार कार्कीले एक साता अघि आफ्नो पालामा सुरु भएको ९ वटा कार्यक्रमलाई प्राथमिकता दिन माग गर्दै सम्बोधन नभए अनशन बस्ने चेतावनी दिएका थिए ।

उनले दश वर्ष मुनीका बालवालिकाका लागि विशिष्टीकृत सेवासहितको निःशुल्क उपचार, बजेटमा २५ लाख रूपैयाँ भन्दा कमका योजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रलाई पूर्ण रुपमा सञ्चालनलगायत माग राखेका छन् ।

सरकारले भने पूर्वमुख्यमन्त्री कार्कीको एजेण्डा बजेटमै समावेश भएको बताएको छ । ‘दश वर्ष मुनीका बालबालिकाको निशुल्क उपचारलाई हामीले बजेटमै राख्यछौं,’ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले भने,‘ निशुल्क उपचारको नाममा हुने दुरुपयोग रोक्न खोजेको हो, उपचार नगर्ने भन्ने होइन्, विपन्न वर्गको उपचार सरकारले गर्छ ।’

केदार कार्कीले भनेअनुसार सबै निशुल्क गर्नका लागि प्रदेशको स्रोतले धान्न नसक्ने उनले बताए । विपन्नका लागि सरकारले सहयोग गर्ने अधिकारीको दाबी छ ।

बजेट कार्यान्वयनको चरणमा रहेको बताउँदै उनले अहिले नै आन्दोलन गर्ने बेला नभएको बताए ।

पूर्वमुख्यमन्त्री कार्कीको दलले आन्दोलनका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

‘पूर्व मुख्यमन्त्रीले अनशन बस्ने भनेर दललाई जानकारी गराउनु भएको छ, तर दलले कुनै धारणा बनाएको छैन,’ प्रमुख सचेतक गोपाल तामाङ भन्छन्,‘ उहाँले सुरु गरेपछि दलले धारणा बनाउँछ ।’ नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले अनशन बस्ने केदार कार्कीको व्यक्तिगत विषय भएको बताए ।

प्रकाशित मिति: मङ्गलबार, २५ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.