विराटनगर । कोशी प्रदेशमा २८ भदौंमा संसदीय समितिको नेतृत्व चयन गरिने भएको छ । प्रदेश सभा निर्वाचनको २१ महिनापछि सभापति चयन गर्न लागिएको हो ।
सभामुख अम्बरबहादुर विष्टले भदौ २८ गते प्रदेशका संसदीय समितिको सभापति छनोट गर्ने तयारी भएको बताए । प्रदेशसभा सचिवालयले सोही अनुसारको गृहकार्य गरेको छ । २८ गते सभापति छानेर सोही दिन शपथ ग्रहण गराउने तयारी छ ।
कोशी प्रदेश सभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् ।
सात मध्ये एमालेले ३, कांग्रेसले २ वटा लिने र माओवादी केन्द्र र राप्रपालाई १–१ वटा समिति दिने मुख्यमन्त्रीको तयारी छ । यद्धपी नेपाली कांग्रेसले पनि तीन वटै समिति दाबी गरेका कारण सहमति भइसकेको छैन ।
‘न्यूनतम एमालेले ३, कांग्रेसले २ र माओवादीले १ र बाँकी एक कांग्रेसले लिने कि एमालेले लिने कि माओवादीले लिने की राप्रपालाई नै दिने कि भन्ने विषयमा निष्कर्षमा पुगिएको छैन,’ एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने,‘ भोलि टुङ्गोमा पुग्छौं ।’
केही दिनअघि अनलाइनखबरसँग मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राप्रपालाई पनि एउटा समिति दिने बताएका थिए ।
प्रदेशका सात मध्ये प्रमुख प्रतिपक्षी माओवादीले सार्वजनिक लेखा समिति पाउने लगभग निश्चित छ । प्रदेशमा नेकपा एकिकृत समाजवादी पार्टीले पनि समितिको नेतृत्वमा दाबी गरेको छ । तर मुख्यमन्त्री राप्रपालाई दिने तयारीमा छन् । ‘भोलिको परिस्थीति के हुन्छ राप्रपालाई पनि चिढ्याउन हुन्न भन्ने हो,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो,‘ सहमतिमै समिति सभापति छान्ने कुरा छ, राप्रपाले पाउने सम्भावना छ ।’
राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले एउटा समितिमा आफ्नो दलको दाबी रहेको बताए । ‘हामीले एउटा समिति नेतृत्व पाउनुपर्छ भनेर सबैसँग आग्रह गरेका छौं,’ उनले भने,‘ जुन समिति पाएपनि सफल नेतृत्व गर्छौ ।’
४ मंसिर २०७९ को निर्वाचनपछि प्रदेश सभाको पहिलो बैठक १७ पुस २०७९ मा बसेको थियो । २० कात्तिक २०८० मा संसदीय समिति सदस्य छानिएका थिए । सभापति भने बाँकी थियो ।
९३ सदस्यीय प्रदेश सभामा एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६ (सभामुखसहित), एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,371)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,225)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)