‘कर्तव्य आर संघर्ष’काे ट्रेलर सार्वजनिक, असाेज १२ गते प्रिमियर

Satya Sanchar सत्य सञ्चार

विराटनगर । गनगाई समुदायले बोल्ने भाषामा निर्मित ‘कर्तव्य आर संघर्ष’ नामक चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएको छ । जीवन विकास समाजले निर्माण गरेको ‘अंगिका’ भाषाको चलचित्र कर्तव्य आर संघर्षको ट्रेलर र गीत सोमबार सार्वजनिक भएको हो ।

चलचित्रको प्रिमियर असोज १२ गते विहान विराटनगरको सिटी सिनेमामा हुनेछ । सन्तोष सरकारले निर्देशन गरेको चलचित्र अंगिका भाषाको पहिलो चलचित्र हो ।

नारी सशक्तीकरण, स्वरोजगार अभियानसँगै जातीय संस्कृति संरक्षणमा आधारित चलचित्रमा बिकेश गनगाई, आराधना मण्डल, बालदेव मण्डल, रिबोलदेवी मण्डल, चेतनारायण मण्डल, सन्तोष मण्डललगायतले अभिनय गरेका छन् । चलचित्रमा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलको पनि अभियन छ । चलचित्रमा सामाजमा रहेका विकृति पनि देखाइएको छ ।

३० लाख लागतमा निर्माण भएको चलचित्रको छायाङ्कन मोरङको दक्षिणी क्षेत्रमा गरिएको छ ।

२ घण्टा २३ मिनेट लामो भाषिक चलचित्र गणपति म्युजिक प्रालिको ब्यानरमा बनेको हो । सोमबार ट्रेलर सार्वजनिक समारोहमा कलाकारसहित चलचित्र निर्माणका लागि सहयोग गर्ने एक सय जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले अंगिका भाषा र गनगाई संस्कृतिको संरक्षणमा चलचित्रले योगदान गर्ने बताए । चलचित्रले नागरिकलाई कर्तव्य र संघर्षको बोध गर्दै आत्मनिर्भर बन्न प्रेरणा मिल्ने उनले बताए ।

ट्रेलर सार्वजनिक समारोहमा नेपाल र भारतका आंगिका भाषा संरक्षणका अभियन्ता, स्थानीय जनप्रतिनिधिलगायतले चलचित्रले संस्कृति संरक्षणमा योगदान पुग्ने बताएका थिए ।

प्रकाशित मिति: सोमबार, २४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.