सरकारले घटायो कर्मचारीले खाजा खाने समय

Satya Sanchar सत्य सञ्चार
प्रधानमन्त्री केपी शर्मा ओली

विराटनगर । सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय कटौती भएको छ । कर्मचारीले खाजा खाने बाहानामा बाहिर धेरै समय बस्ने गरेको गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खाजा समय आधा घण्टा घटाएका हुन् ।

आइतबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुकमा लेख्दै सरकारी कार्यालयमा खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको भन्दै समय घटाइएको जानकारी दिएका छन् ।

प्रधानमन्त्रीले जारी गरेको सूचना अनुसार अब दिउँसो आधा घण्टा मात्रै खाजा खाने समय छुट्याइएको छ । प्रधानमन्त्री ओलीका अनुसार खाजाको नयाँ समय दिउँसो १ बजे देखि २ बजेबाट घटाएर १ः३० देखि २ बजेसम्म तोकिनेछ ।

खाजा समयको नियम उल्लंघन गरेको पाइएमा हेलो सरकारमा गुनासो टिपाउन पनि प्रधामन्त्री ओलीले अनुरोध गरेका छन्।

‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन,’ उनले लेखेका छन्,‘ अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ । कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।’

प्रकाशित मिति: सोमबार, २४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.