सरकारले घटायो कर्मचारीले खाजा खाने समय

Satya Sanchar सत्य सञ्चार
प्रधानमन्त्री केपी शर्मा ओली

विराटनगर । सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय कटौती भएको छ । कर्मचारीले खाजा खाने बाहानामा बाहिर धेरै समय बस्ने गरेको गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खाजा समय आधा घण्टा घटाएका हुन् ।

आइतबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फेसबुकमा लेख्दै सरकारी कार्यालयमा खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको भन्दै समय घटाइएको जानकारी दिएका छन् ।

प्रधानमन्त्रीले जारी गरेको सूचना अनुसार अब दिउँसो आधा घण्टा मात्रै खाजा खाने समय छुट्याइएको छ । प्रधानमन्त्री ओलीका अनुसार खाजाको नयाँ समय दिउँसो १ बजे देखि २ बजेबाट घटाएर १ः३० देखि २ बजेसम्म तोकिनेछ ।

खाजा समयको नियम उल्लंघन गरेको पाइएमा हेलो सरकारमा गुनासो टिपाउन पनि प्रधामन्त्री ओलीले अनुरोध गरेका छन्।

‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन,’ उनले लेखेका छन्,‘ अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ । कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।’

प्रकाशित मिति: सोमबार, २४ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.