पाँच जिल्लामा चोरीको मुद्दा खेपिरहेका कैदीको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । पाँच वटा जिल्ला अदालतमा चोरीको मुद्दा खेपी रहेका एक कैदीको कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ । जिल्ला कारागार मोरङमा रहेका बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनीकुमार तामाङको मृत्यु भएको हो ।

कारागारका जेलर चेतराज बरालका अनुसार तामाङलाई उपचारका लागि भदौ २० गते साँझ कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । तामाङलाई खुट्टा सुन्निने र मुटु सम्बन्धी पुरानै समस्या थियो ।

मोटरसाइकल चोरीको मुद्दामा कारागारमा रहेका तामाङविरुद्ध विभिन्न ५ वटा अदालतमा चोरी मुद्दा दर्ता चलेको पाइएको छ । मोरङ, झापा, सुनसरी, इलाम र धनकुटामा उनी विरुद्ध चोरीको कसूरमा मुद्दा थियो ।

मोरङ अदालतको एउटा मुद्दामा ४ महिना कैद र १५ हजार रूपैयाँ र अर्को मुद्दामा १ लाख रूपैयाँ धरौटी माग भएको थियो ।

धरौटीबापतको रकम बुझाउन नसकेपछि तामाङ २०८० माघ २१ गतेदेखि मोरङ कारागारमा थिए ।

चोरी मुद्दामा धनकुटा अदालतले पनि धरौटीबापत ३ लाख ५० हजार र सुनसरी अदालतबाट २ लाख माग गरेको थियो, त्यो पनि उनले बुझाएका थिएनन् । झापा र इलाम अदालतमा पनि उनी विरुद्ध चोरी मुद्दा थियो ।

मोरङ कारागारमा ४ नाबालक र ९७ महिलासहित १ हजार ५९ जना कैदीबन्दी छन् । कारागारको क्षमता भने २७५ जना अटाउने मात्रै छ । क्षमता भन्दा बढी कैदीबन्दी भएका कारण कष्टकर रुपमा बसिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, २३ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.