सुनबर्सीमा बालबालिका खेलिरहेका ठाउँमा चट्याङ पर्यो, १ जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका हमिद आलमका छोरा ११ वर्षीय सोफियन आलम मियाँको मृत्यु भएको हो ।

राजाबुल आलमकी छोरी ८ वर्षीया नजारा खातुन घाइते भएको प्रहरीले जाएको छ । उनीहरु खेलीरहेको अवस्थामा चट्याङ परेको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार राजाबुलको घरपछाडि रहेको कटहरको रुखमुनि बालबालिका खेलिरहेका थिए । त्यहीबेला दिउँसो २ बजेतिर चट्याङ परेको थियो ।

चट्याङ लागेर बेहोस भएका सोफियनलाई उद्धार गरेर रंगेली अस्पताल ल्याइएको थियो । उपचारका क्रममा दिउँसो २ः४५ बजेतिर उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । नजाराको अवस्था सामान्य छ ।

प्रकाशित मिति: आइतबार, २३ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.