दश वर्ष मुनीका बालबालिकाको उपचार निशुल्क माग गर्दै अनशन बस्ने केदार कार्कीकाे घाेषणा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले दश वर्ष मुनीका बालबालिकाको निशुल्क उपचारको माग गर्दै अनशन बस्ने घोषणा गरेका छन् ।

एक साताअघि संसदबाट उनले आफ्नो कार्यकालमा सुरु भएको दश वर्ष मुनीका बालबालिकाको निशुल्क उपचार पून सुरु गर्न माग गरेका थिए । माग सम्बोधन नभएको भन्दै आइतबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्मरणपत्र बुझाउँदै पूर्वमुख्यमन्त्री कार्कीले ४८ घण्टा भित्र माग सम्बाेधन नभए अनशन बस्ने घोषणा गरेका हुन् ।

कार्की नेतृत्वमा हुँदा सरकारले प्रदेशका ठूला निजी अस्पतालमा दश वर्ष मुनीका बालबालिकाको उपचार खर्च सरकारले व्याेहाेर्ने निर्णय गरेकाे थियाे । 

हिक्मतकुमार कार्की नेतृत्वमा नयाँ सरकार बनेपछि प्रदेशको स्रोत धान्न नसक्ने भन्दै प्रदेश सरकार मातहतका अस्पतालमा मात्रै निशुल्क उपचार गर्ने नियम बनाएको थियो । कार्कीले बालबालिकाका लागि विशेषज्ञ सेवा पनि निशुल्क दिनुपर्ने माग गरेका छन् ।  ‘विशेषज्ञ सेवा नै नभएको अस्पतालहरूमा निशुल्क गरेर हुँदैन,’ केदार कार्कीले भने,‘ विशेषज्ञ सेवा पनि प्रदेशले निशुल्क दिनुपर्छ ।’

कार्कीले मुख्यमन्त्री कार्कीसँग ९ बुँदे माग अघि सारेका छन् ।

मागको पहिलो नम्बरमा प्रदेशमा दश वर्ष मुनीका बालबालिकाका लागि विशिष्टीकृम सेवासहित निशुल्क उपचार कार्यक्रमको निरन्तरताको माग छ । बजेटमा २५ लाख भन्दा कमका आयोजना नराख्ने, शैलेजा आचार्य ह्दयरोग उपचार केन्द्र सञ्चालन गर्नुपर्ने, महिला स्यमसेविकालाई प्रोत्साहन भत्ता दिनुपर्नेलगायत माग छन् ।

माग सम्बोधन नभए प्रदेशसाभा सचिवालयमा धर्ना बस्ने उनले बताए ।

CM smaran (1)

प्रकाशित मिति: आइतबार, २३ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.